गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


१ पुस २०७४, शनिबार


तिमी सफल भएँ भन्छौ ईमानहरूको ब्यापारबाट
अझै केही सिक्नु छ मैले विवशताको प्रहारबाट

म बास्नाहिन गुलाफ भएँ अचेल उस्को स्पर्श बिना
अन्तै भाग्दै छ मेरो भमरा काँढाको अत्याचारबाट

मुर्ख भएर मान्छे उत्सव मनाउँछ अरूको मृत्युमा
हामीले पनि त बिदा लिनु छ एकदिन यो संसारबाट

नदीदेखि नडराउ तिमी सागर भेट्न चाहन्छौ भने
यही सिकायो यो जिन्दगीले संघर्षको जंघारबाट

एउटा लक्ष्मणरेखा कोरेनौ राम तिमी हिंड्नु अघी
अब मलाई त्रास भयो रावणहरूको बजारबाट

प्रतिक्रिया दिनुहोस