समानुपातिकतर्फ एमाले अगाडि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समानुपातिकतर्फ एमाले अगाडि


२६ मंसिर २०७४, मंगलबार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा एमाले अग्र स्थानमा छ ।

निर्वाचन आयोगको सोमबार राति ९ बजेसम्मको मत परिणामअनुसार एमाले छ लाख ४५ हजार ९८५ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले छ लाख सात हजार ५६९ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र दुई लाख ७८ हजार २२६ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको विवदेकशील साझा पार्टीले ३८ हजार ४३२ मत पाएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३६ हजार ९७२, संघीय समाजवादी फोरमले ३५ हजार ९५८, राष्ट्रिय जनता पार्टी राजपा नेपालले २९ हजार १७५, नयाँ शक्ति पार्टी नेपालले २५ हजार २५७, राप्रपा प्रजातान्त्रिकले १३ हजार ९४८ र राष्ट्रिय जनमोर्चाले १२ हजार ७८४ मत ल्याएको छ ।

समानुपातिकतर्फ एक करोड २२ लाख मत खसेको आयोगले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस