म्यानमारका प्रधाानसेनापति नेपाल भ्रमणमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

म्यानमारका प्रधाानसेनापति नेपाल भ्रमणमा


२५ मंसिर २०७४, सोमबार


काठमाडौं । म्यानमारका प्रधाानसेनापति मिन अङ हलइङ चारदिने औपचारिक भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनलाई बलाध्यक्ष रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

नेपाली समकक्षी राजेन्द्र क्षत्रीको निमन्त्रणमा आएका उनलाई सेनाले सलामीसहित उच्च सम्मान दिएको छ ।

मिनले प्रधानसेनापति क्षत्रीसँग जङ्गी अड्डामा भेटवार्ता गरेका छन् । भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयलेका अनुसार सशस्त्र द्वन्द्वपश्चात् तत्कालीन लडाकुहरूको नेपाली सेनामा भएको सफल समायोजन, नेपालको शान्ति प्रक्रिया, नेपाली सेनाद्वारा भूकम्पको समयमा पुर्याएको योगदानलगायत विषयमा मिनले जानकारी लिने कार्यक्रम छ।

मिन लुम्बिनी दर्शन र माउन्टेन फ्लाइट समेत गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस