मकवाननपुर १ मा कमल थापालाई हराउँदै कृष्ण दाहालको जिजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मकवाननपुर १ मा कमल थापालाई हराउँदै कृष्ण दाहालको जिजयी


२४ मंसिर २०७४, आइतबार


काठमाडौं । मकवानपुर क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापालाई पराजित गर्दै बाम गठबन्धनका उमेदवार, नेकपा एमालेका नेता कृष्णप्रसाद दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

दाहाल ४० हजार ६३१ मत प्राप्त गर्दै विजयी भए भने थापाले ३४ हजार ६५८ मत प्राप्त गरे ।

राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गरेर उनी तेस्रोपटक सांसद बनेका छन् । ०४८ र ०५६ सालको निर्वाचनमा उनी सांसदमा निर्वाचित भएका थिए भने ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग हारेका थिए ।

प्रतिक्रिया दिनुहोस