तमासा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

तमासा


२३ मंसिर २०७४, शनिबार


आफ्नो प्रतिविम्ब
सोधिरहेछ एक प्रश्न
आफैंसँग
गुञ्जिन्छ आफ्नै शब्द
पहराहरूमा ठोक्किएर
हजारौं प्रश्नचिन्ह बनेर

कालोबादल च्यातेर जन्माउनु थियो
सुन्दर, सग्लो जून
विडम्बना
ग्रहण र अन्धकार ठम्याउन खोज्छु
कतै भेट्दिन आफूलाई
अडिरहें म सन्त्रास बेरेर

अवरोध छिचोलेर
म मेरा सोच र चिन्तनका दीयाहरू सल्काउँछु
जूनकीरीसँग सलाई सापटी लिएर

चिहानबाट गुञ्जियो विजयी धुन
रातभरि मुर्कुट्टाका तमासा
अनि, आँखा चिम्म गरेको यो जून
झिसमिसेमा यसरी अलप हुन्छ

Tags :
प्रतिक्रिया दिनुहोस