कैलालीमा १२ बजेपछि मतगणना हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कैलालीमा १२ बजेपछि मतगणना हुने


२२ मंसिर २०७४, शुक्रबार


कैलाली । कैलालीमा मतगणनास्थलमा तारजाली लगाएर मतगणना गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय बैठकले गणनास्थलको बाहिरतर्फ दलका प्रतिनिधि बस्नेगरी तारजाली लगाएर भित्र मतगणना गर्ने निर्णय गरेको हो ।

तारजालीलगाउने लगायत प्राविधिक व्यवस्थापन गरेर खाना खाईसकेपछि मतगणना शुरु गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले जानकारी दिए । ‘सबै व्यवस्थापन गर्दा १२ बजेपछि मात्र मतगणना शुरु हुन्छ,’ उनले भने । जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये ३ वटा क्षेत्रका मतपेटिकाहरु धनगढी ल्याइसकिएको छ । हाल ती ३ वटा क्षेत्रको मतगणना गर्न लागिएको हो ।

क्षेत्र नम्बर २ र ४ अन्तर्गत पर्ने पहाडी भेगबाट मतपेटिका ढुवानी हुन बाँकी छ । बेलुकीसम्म ती क्षेत्रका मतपेटिका आईपुग्ने मुख्य निर्वाचन अधिकृत अर्यालले बताए । मतपेटिका आईपुगेपछि मात्र क्षेत्र नम्बर २ र ४ को मतगणना गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस