रुकुममा माओवादी केन्द्रकी रोका विजयी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

रुकुममा माओवादी केन्द्रकी रोका विजयी


२२ मंसिर २०७४, शुक्रबार


रुकुम । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतपरिणाम आउने क्रम सुरू भइसकेको छ । हिजो साँझबाट सुरु भएको पूर्वी रुकुमको मतगनणाको प्रतिनिधिसभाको अन्तिम नतिजा सार्वजनिक भएको छ । उक्त क्षेत्रबाट संयुक्त बाम गठबन्धनकी उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी छन् ।

रोका १० हजार ४ हजार ३४ मत प्राप्त गर्दै विजयी भइन् भने उनका निकट्तम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत प्राप्त गरे ।

प्रदेश सभा सदस्य क र ख मा पनि यतिबेला मतगणना जारी रहेको छ । प्रदेश सभा सदस्यमा पनि दुबै निर्वाचजन क्षेत्रमा वाम गठबन्धनकै उम्मेदवारल अग्रता कायम गरिहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस