मतदान गर्न फर्किनेको ताँती « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मतदान गर्न फर्किनेको ताँती


२१ मंसिर २०७४, बिहिबार


काठमाडौं । ‘रिजर्भ’ लेखिएको बस बुधबार दिउँसो खनियाखर्कको एउटा खाजा पसल अघिल्तिर रोकियो । एक युवाले अघि–अघि लागेर सबैलाई आउन इसारा गरे । समूहमा खाजा खान बसेका सप्तरीका रामनारायण यादवले भने, ‘पार्टीको खाइँदैछ ।’

सामाजिक सञ्जालमा चिनजानका राजनीतिक कार्यकर्ताले राखेको सूचना उनले पछ्याए । त्यसमा लेखिएको थियो, ‘सप्तरी फर्कन चाहनेहरूले फलाना नम्बरमा सम्पर्क गर्नुहोला । बसमा आउने, जाने, खाने व्यवस्था गरिएको छ ।’ उनले त्यसमै फोन गरे । राजनीतिक आस्था सोधियो । मिल्यो । उनलाई कोटेश्वर बोलाइयो । उनीजसरी नै भेला परिएका व्यक्तिले बस भरीभराउ थियो । उनीहरू गाडी व्यवस्था गर्ने दललाई मतदान गर्ने विश्वास दिलाएर सित्तैमा गाउँ फर्किइरहेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस