२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ढुक्क भएर भोट हाल्नुस्’

अ+ अ-

काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार हुने दोस्रो चरण निर्वाचनका लागि कुनै सुरक्षा चुनौतीबिना मतदान गर्ने वातावरण मिलाएको जनाएको छ । गृहले सुरक्षा अवस्था मजबुत बनाइएकाले मतदाताले निर्वाध रूपमा मतदान गर्नसक्ने जनाएको हो । मतदातालाई ढुक्कले घरबाट मतदान स्थलसम्म पुग्ने र सहजै घर फर्कने वातावरण बनाएको दाबी गर्दै गृहले निर्वाचन गराउन केही स्थानमा सुरक्षा थ्रेट भए पनि त्यसलाई निस्तेज गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको स्पष्ट पारेको हो ।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहसचिव मोहनकृष्ण सापकोटाले भने, ‘न उम्मेदवारलाई थ्रेट छ न त मतदातालाई नै , योजनाबद्ध तरिकाले प्रत्येक निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीलाई क्रियाशील बनाएका छौं ।’

गृहसचिव सापकोटाले बलाधिकृत रथी पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मीलाई साक्षी राखेर भने, ‘ढुक्कसँग मतदान गर्नुहोस् । मतदाताको सुरक्षाको जिम्मा सरकारले लिएको छ।ु गृह मन्त्रालय अहिले भइरहेका विस्फोटका घटनाप्रति सचेत र संवेदनशील रहेको भन्दै सचिव सापकोटाले निर्वाचन प्रक्रियालाई बिथोल्न खोज्ने वा मतदातालाई डर, त्रासमा पार्न खोज्ने समूहविरुद्ध प्रतिरोधात्मक कारबाही गर्ने बताए । उनले मतदानस्थलको सुरक्षासमेत चुस्त बनाएको दाबी गरे ।

सचिव सापकोटाले निर्वाचन भयरहित र शान्तिपूर्ण हुनेसमेत दाबी गरे । गृह मन्त्रालयले कुनै पनि घटना हुन नदिने र भइहाले १० देखि ३० मिनेटभित्र सुरक्षाकर्मी पुग्ने वातावरण मिलाएको जनाएको छ । गृहले निर्वाचन गराउन खटिने मतदान अधिकृतलगायत कर्मचारीको सुरक्षामा समेत चनाखो रहेको जनाएको छ । उम्मेदार र मतदाताको सुरक्षाप्रति गृह मन्त्रालय गम्भीर बनेको र सोहीअनुरूप सुरक्षाकर्मी परिचालन गरिएको सापकोटाले बताए । बिहीबार ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा र २ सय ५६ प्रदेशसभाका गरी कुल ३ सय ८४ क्षेत्रमा निर्वाचन हुँदै छ ।

सचिव सापकोटाले मतदाता निर्वाध रूपमा मतदान गर्न जाने वातावरण बनाएको बताए । ‘हामीले सुरक्षा व्यवस्थालाई चुस्त राख्न कुनै कसर बाँकी राखेका छैनौ’, गृहसचिव सापकोटाले भने, ‘सम्भावित घटना हुन सक्ने स्थानमा हामीले सुरक्षाकर्मीलाई खटाइसकेका छौं ।’ गृहले संवेदनशील ठानिएका निर्वाचन क्षेत्रमा दोब्बर सुरक्षाकर्मी परिचालन गरेको स्रोतले बताएको छ । बिहीबार हुने निर्वाचनमा स्थल र हवाई गस्तीसमेत बढाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments