आज दोस्रो चरणको चुनाव हुँदै, ढुक्क भएर भोट हाल्न आग्रह « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आज दोस्रो चरणको चुनाव हुँदै, ढुक्क भएर भोट हाल्न आग्रह


२१ मंसिर २०७४, बिहिबार


काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको आज दोस्रो चरणको निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा भएको थियो भने आज हुँने दोस्रो चरणको निर्वाचन ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा हुँदैछ ।

निर्वाचन आयोगले सरकारले मतदातालाई पूर्ण रुपमा सुरक्षा प्रदान गरेकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ । मतदान स्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको आयोगले जनाएको छ ।

मतदाले बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान गर्न सक्नेगरी समय निर्धारण गरिएको छ । मतदान गर्न जाँदा मतदाता परिचयपत्र अनिवार्य गरिएको छ । मतदाता नामावलीमा नाम भएर कुनै कारणले मतदाता परिचयपत्र नभएमा अन्य सरकारद्वारा जारी परिचयपत्र लिएर पनि मतदान गर्ने व्यवस्था आयोगले गरेको छ ।

मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्ने छ ।

त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ । जसमा माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत गर्नुपर्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस