साना हतियार सुरक्षा चुनौती « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साना हतियार सुरक्षा चुनौती


१९ मंसिर २०७४, मंगलबार


चार भारतीय र दुई नेपाली हतियारसहित पक्राउ

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भारतीय सीमासँग जोडिएको बाँकेको सीमा क्षेत्रमा साना हतियार सुरक्षाका लागि चुनौती बनेको छ ।

खुला सीमाका कारण जुनसुकै नाकाबाट सहज हतियार सुरक्षामा समस्या बनेको हो । निर्वाचन नजिकिएसँगै बाँके प्रहरीले चार पटक भारतीय नागरिक, नेपाली युवा भारतीय सीमाबाट आउँदै गर्दा हतियारसहित पक्राउ पर्नुले हतियार चुनौती देखाएको छ ।

प्रहरीले गत कात्तिक २४ गते राति ८ बजेर ४० मिनेटमा डुडुवागाउँपालिका ३ मल्लीपुरुवामा भारत रिसियाका २० वर्षीय नन्कउ नाउँ र ३० वर्षीय शेरअली नटबाट एउटा पेस्तोल र गोली बरामद गर्यो । यो क्षेत्र भारतीय सीमासँग जोडिएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस