प्रदेश प्रमुख कहिले ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश प्रमुख कहिले ?


१९ मंसिर २०७४, मंगलबार


काठमाडौं । राजनीतिक नेतृत्वले समयमै चासो नदिँदा सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्ति प्रक्रिया अवरुद्ध छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रशासनिक नेतृत्वले प्रदेश प्रमुख नियुक्तिको गृहकार्य अन्तिम चरणमा पुर्याएको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाको अनिच्छाका कारण प्रदेश प्रमुख नियुक्ति हुन नसकेको हो ।

प्रदेश प्रमुख नियुक्ति र अस्थायी मुकाम तोक्दा भोट बैंकमा असर पर्नसक्ने भएकाले सरकारले यो प्रक्रिया थाती राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीले सम्भवतः निर्वाचन सकिनासाथ प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकिने बताए । प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने कार्यमा ढिलाइ भएको उनले स्वीकारे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस