२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतपेटिका जोगाउन मुसालाई पासो

अ+ अ-

लिबाङ । सदरमुकाममा राखिएका मतपेटिका जोगाउन मुसालाई पासो थापिएको छ । पहिलो चरणमा चुनाव भएका जिल्लाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कडा सुरक्षाबीच राखिएको छ । मतपेटिका मुसाले काट्ने चिन्ता बढेको छ ।

रोल्पा सदरमुकाम लिबाङमा राखिएका मतपेटिका सुरक्षाका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले चौबिसै घन्टा पहरा दिइरहेका छन् । दलबाट खटाइएका हेरालु पनि मतपेटिका राखिएको कार्यालय परिसरमा टेन्ट राखेर बसिरहेका छन् । कोठाभित्र राखिएका मतपेटिका मुसाले काट्ने चिन्तामा उनीहरू छन् ।

मतपेटिका राखिएका पाँच बन्द कोठामा ताला लगाएर लाहा छाप लगाइएको छ । बाहिरी गेटमा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले ताला लगाएर सिल गरेको छ । दलहरूको सहमतिमा साइरनसहितको ताला लगाइएको छ । ताला झुन्डिएको गेटमा प्रहरीले पहरासमेत दिइरहेका छन् । मंसिर १३ मा जिल्लाका एक सय ६० मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका भन्डारण गरिएका कोठामा कसैले पनि प्रवेश अनुमति पाएका छैनन् ।

मुसाबाट मतपेटिका जोगाउने चिन्तामा मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारी छन् । बाहिरी सुरक्षा मजबुत बनाइए पनि बन्दकोठाका मतपेटिका मुसाले काटिदेला भन्ने चिन्ताले पासो थापिएको मुख्य निर्वाचन अधिकृत वासुदेवलाल श्रेष्ठले बताए । ‘मुसा आउने सम्भाव्य ठाउँमा पासो थापिएको छ’, श्रेष्ठ भन्छन्, ‘मुसा आएपछि पासोमा टाँसिने गरी व्यवस्था गरेका छौं ।’ मतपेटिका राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको घरेलु भवन पुरानो छ । जहाँ मुसाको खतरा छ ।

मतपेटिका भन्डारणपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थी मुसाबाट यसलाई कसरी जोगाउने भन्ने चिन्तामा थिए । उनको चिन्तापछि पासोको उपाय निकालिएको थियो । पासो थापे पनि कोठामा हेर्न नमिल्ने भएकाले मतपेटिका सुरक्षित भए÷नभएको यकिन गर्न सम्भव नभएको कार्यालयले जनाएको छ । लामो समय मतपेटिका जोगाएर राख्न सुरक्षा चुनौती हुने गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments