२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय सरकार अझै सक्रिय हुन सकेन

अ+ अ-

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सरकारको भूमिकाका कारण स्थानीय सरकार अझै सक्रिय हुन नसकेको बताएको छ । निर्वाचनबाट जनप्रतिनिधि आएको सात महिना बितिसक्दा पनि आवश्यक संख्यामा जनशक्ति व्यवस्थापन गर्न नसक्दा स्थानीय तह कमजोर बनेको मन्त्रालयको भनाइ छ । स्थानीय तहले अहिलेसम्म न्यूनतम संख्यामा कर्मचारीसमेत नपाएको, बजेट खर्च गर्न नसकेको र संगठन संरचना बन्न नसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव दिनेश थपलियाले संविधानले परिकल्पना गरेअनुसार स्थानीय तहले अधिकार प्रयोग गर्न नसक्नुमा केन्द्रीय सरकारकै भूमिका रहेको बताए । जसका कारण अहिलेसम्म स्थानीय तहको संगठन संरचनासमेत बन्न नसकेको र दयनीय बन्दै गएको उनको भनाइ छ । स्थानीय तहको संगठन संरचना बन्न नसक्दा भएका कर्मचारीलाई समेत काममा लगाउन अप्ठेरो भएको थपलियाले बताए । ‘अहिलेसम्म स्थानीय तहको संगठन संरचना कस्तो हुन्छ, कुन–कुन शाखा रहन्छ भन्ने नै निश्चित छैन,’ उनले भने, ‘विषयगत कार्यालयबाट गएका केही कर्मचारी पनि कोप्रति उत्तरदायी भएर के काम गर्ने हो भन्ने नै भएन । स्थानीय तहले पनि कर्मचारीलाई कसरी काम लगाउने भनी निर्णय गर्न सकेको छैन ।’

सचिव थपलियाले अधिकांश स्थानीय तहमा लेखा सञ्चालन गर्ने कर्मचारीसमेत नभएको उनले बताए । ‘काठमाडौं महानगरपालिकाले कर्मचारी चाहिएको छैन भन्छ, त्यहाँ कर्मचारी पठाएको छ । स्थानीय तहमा कर्मचारी चाहिएको छ, पठाइदेऊ न भन्दा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी दिएको छैन,’ उनले भने, ‘केही स्थानीय तह घुमेर आएँ, स्थिति बिजोग छ ।’ सचिव थपलियाले गाउँपालिका तथा नगरपालिका साँघुरा कार्यालयमा सञ्चालन भइरहेको बताए । भाडामा लिएका त्यस्तो भवन साँघुरो र सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमताको नभएको उनको भनाइ छ ।

सचिव थपलियाले विभिन्न मन्त्रालयअन्तर्गत रहेका विषयगत कार्यालयहरू अझै पनि स्थानीय तह मातहत नगएको बताए । संविधानले शिक्षा, स्वास्थ्य, कृषि, वनलगायतका कार्यालय स्थानीय तहमा गाउँपालिका–नगरपालिका मातहत रहेर काम गर्ने व्यवस्था गरेको छ । तर, व्यवहारमा अहिले पनि ती कार्यालय गाउँपालिका मातहत नगएको उनले बताए । ‘बाटो खन्ने काम जिल्ला प्राविधिक कार्यालयले गरिरहेको छ, कृषिको बजेट जिल्ला कृषि कार्यालयबाट खर्च भइरहेको छ, सिँचाइको बजेट पनि स्थानीय तहमा गएको छैन,’ थपलियाले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments