जीप खोलामा खस्दा चालकको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जीप खोलामा खस्दा चालकको मृत्यु


१७ मंसिर २०७४, आइतबार


बस दुर्घटना

रौतहट । संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जीप गएराति खोलामा खस्दा चालकको मृत्यु भएको छ ।

बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको बोलेरो जीप भकुवा खोलामा खस्दा चालक भारतको बिहार राज्यको पूर्वीचम्पारनका गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको हो । उक्त घटनामा सातजना घाइते भएका छन् ।

घाइते दुईजनालाई स्थानीय अस्पतालमा तथा पाँचजनालाई नारायणी उप क्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको प्रहरी उपरीक्षक विनोद पोखरेलले जानकारी दिए । रौतहट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी फोरम नेपालका उम्मेदवार किरन साहको घरदैलो कार्यक्रम गरेर फर्कदै गर्दा कार्यकर्ता चढेको उक्त जीप दुर्घटनामा परेको हो । रासस

प्रतिक्रिया दिनुहोस