२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनुषा निर्वाचन क्षेत्र ३, जेलबाटै चुनावी चलखेल

अ+ अ-

सिरहा । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डल सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ । यो टक्करमा जित कसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ ।

निधि–महतो भिडन्तमा जेलमा रहेका सञ्जय साह ‘टक्ला’ को प्रवेशले झन् रोचक बनाइदिएको छ । यो निर्वाचन क्षेत्रमा जनकपुर उपमहानगरपालिकाका २५ वडामध्ये १७ वटा, नगराइन नगरपालिका, विदेह नगरपालिकाको ९ नम्बर वडा तथा मुखियापट्टी मुसरनिया र धनौजी गाउँपालिका पर्छन् । यहाँ वैश्य समुदायको बाहुल्य छ । यो समुदायमा तेली, सुडी, कानू, कलवार, रौनियार, कसेरा, कथवनिया, सुनार, लहेरी, ठठेरीलगायत जात पर्छन् ।

असोजमा सम्पन्न स्थानीय तह चुनावमा जनकपुर उपमहानगरपालिका मेयरमा राजपाका लालकिशोर साहले करिब ११ हजार मतान्तरमा जित हासिल गरेका थिए । यो जितमा जातीय मत निर्णायक थियो । साहको जितबाट हौसिएर महतो धनुषा ३ बाट उम्मेदवार बनेका छन् । महतोलाई मेयर साहले बल दिइरहेका छन् । वैश्य समुदायको जातीय मत विभाजन नभए यही मत यो क्षेत्रका उम्मेदवारका लागि जितको प्रमुख कारण बन्ने स्थानीय विश्लेषक बताउँछन् । वैश्य (सुडी, कलवार, तेली) समुदायको मत विभाजन गरेर महतोलाई कमजोर बनाउन विभिन्न अपराध मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सञ्जय साह प्रयोग भएका छन् । उनले जेलबाटै मत प्रभावित गर्ने खेल सुरु गरेका छन् ।

साहले जेलबाटै महतोलाई मतदान नगर्न अभियान थालेका छन् । कांग्रेस उम्मेदवार निधिलाई कडा टक्कर दिइरहेका महतोलाई मतदान नगर्न भन्दै साहले सिरहा कारागारबाट ‘रेडियो अन्तर्वार्ता’ समेत दिएका छन् । उनले फोनमार्फत मतदातालाई महतोको पक्षमा मतदान नगर्न भनिरहेका छन् ।

साहले जेलबाटै फोन गरेर सञ्चारकर्मीलाई समेत प्रभावित पारिरहेका छन् । फोन गरेर सञ्चारकर्मीलाई उनले महतोलाई सहयोग नगर्न आग्रह गरिरहेका छन् । साहले आफूलाई कारागारको नम्बरबाट फोन गरेर निर्वाचनमा महतोलाई सहयोग नगर्न आग्रह गरेको काठमाडौंकेन्द्रित भई पत्रकारिता गर्दै आएका वीरेन्द्र केएमले बताए । अन्य पत्रकारलाई समेत फोन गरी महतोको विपक्षमा लाग्न साहले भनेको उद्धृत गर्दै वीरेन्द्रले बताए । साहले वीरेन्द्रलाई महतोविरोधी गतिविधिमा सहयोग गरे जुनसुकै सहयोग गर्न तयार रहेको समेत बताएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments