‘प्रधानमन्त्री फेरि मै हुन्छु’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘प्रधानमन्त्री फेरि मै हुन्छु’


१७ मंसिर २०७४, आइतबार


काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा आफ्नो पार्टीले जित्ने र फेरि आफैं प्रधानमन्त्री बन्ने बताएका छन् । यसअघि कांग्रेस महामन्त्री सशांक कोइरालाले चुनावपछि आफू प्रधानमन्त्री बन्ने दावी सार्वजनिक गरेका थिए ।

कांग्रेसले जिते फेरि प्रधानमन्त्री मै हुन्छु,’ शनिबार महेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, । यस ठाउँका लागि मैले गर्छु कि पूर्वका केपी ओली वा प्रचण्डले गर्लान् ? त्यसकारण यहाँका जनताले कांग्रेसलाई जिताउनु आवश्यक छ ।’

अहिलेको निर्वाचन लोकतान्त्रिक वा एकदलीय व्यवस्थाबीचको जनमतसंग्रह जस्तै भएको पनि उनले उल्लेख गरे । कम्युनिस्टहरू एकजुट भई आएकाले लोकतन्त्रमाथि खतरा भएको भन्दै आएका देउवाले उक्त कुरा यहां पनि दोहोऱ्याए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस