२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहायकस्तरको कर्मचारीबाट बैंककै पाँच करोड ठगी

अ+ अ-

काठमाडौं । कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् ।

विद्युतीय चेक क्लियरेन्स (इसिसी) गर्दा दोहोरो इन्ट्री गराई बैंकको करिब ४ करोड ९१ लाख आफ्नो र आफन्तको खातामा सारी ठगी गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले १३ मंसिरमा पक्राउ गरेको हो ।

बैंककै कर्मचारी तथा रेग्मीका सहायक रमेशकुमार थापा र न्युरोडका एक सुनपसले प्रकाश घतानीलाई समेत उनलाई ठगी गर्न सघाएको आरोपमा सिआइबीले पक्राउ गरेको छ । उनीहरूलाई १४ मंसिरमा उच्च अदालत पाटनमा पेस गरिएको र अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको सिआइबीका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनीहरूलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कारबाही हुनेछ ।

रेग्मीले चार महिनादेखि बैंकको रकम हिनामिना गरिरहेको सिआइबीका प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले विभिन्न व्यक्ति वा संस्थाले विभिन्न बैंकको चेकमार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको चेक इसिसीमार्फत सबैभन्दा पहिला सम्बन्धित हितग्राहीको खातामा जम्मा गरिदिन्थिन् । त्यसपछि सो भुक्तानी गरेबापत जेनेरेट भएको रिपोर्टलाई एडिट गरी सोही चेकलाई पुनः प्रयोग गरी कृषि विकास बैंकमै रहेको आफ्नो र आफन्तको खातामा रकम जम्मा गर्ने गरेको प्रहरीले जनाएको छ । तर, यसरी दोहोरो इसिसी गर्दा जुन बैंकको चेक काटिएको हो, त्यहाँबाट एकपटक मात्रै रकम घट्थ्यो भने कृषि विकास बैंकको कोषबाट भने दुईपटक रकम घट्थ्यो । उनले पटकपटक यसरी आफ्नो र आफन्तको खातामा रकम जम्मा गर्ने गरेकी थिइन् ।

बढीमा ४७ लाख रुपैयाँसम्मको चेकलाई उनले ठगीमा प्रयोग गरेको सिआइबी प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले हिनामिना गरेको रकम जम्मा गर्न कृषि विकास बैंकमै आफ्ना करिब ४ वर्षका छोराको नाममा समेत खाता खोलिदिएको पनि सिआइबीले जनाएको छ ।

सहायक टेलरस्तरको कर्मचारीले चार महिनादेखि ठगी गरिरहँदा पनि बैंकले थाहा नपाउनु बैंकको लापरबाहीको हद भएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए । ‘यसमा बैंकको लापरबाही त छँदै छ, रेग्मीभन्दा माथिल्लोस्तरको कर्मचारीको पनि ठगीमा संलग्नता भएको आशंका गर्न सकिन्छ,’ ती अधिकारीले भने ।

१० लाखभन्दा माथिको कारोबारमा स्रोत खुलाउनुपर्ने व्यवस्था छ । त्यस्ता शंकास्पद कारोबारका विषयमा राष्ट्र बैंकमा जानकारी गराउनुपर्छ । ‘तर, एउटा अत्यन्तै तल्लोस्तरको कर्मचारीले जुन बैंकबाट रकम हिनामिना गरेको हो, त्यही बैंकमा रहेको आफ्नो खातामा र कृषि विकास बैंककै अन्य खातामा रकम जम्मा गर्दा पनि बैंकले अहिले आएर मात्रै जानकारी पाउनु अचम्मलाग्दो छ,’ उनले भने । त्यसो हुँदा रेग्मी र उनका पनि सहयोगी रमेशकुमार थापाजस्ता तल्लोस्तरको कर्मचारीबाट मात्रै यो स्तरको ठगी भएको भनेर पत्याउन नसकिने ती अधिकारीको भनाइ छ ।

कृषि विकास बैंक आफैँले पनि घटनाको अनुसन्धान गरिरहेको प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले जानकारी दिए । ‘रकम हिनामिनाको विषय बैंकले नै पत्ता लगाएर सम्बन्धित निकायलाई जानकारी दिएको हो, थप अनुसन्धान पनि गर्दै छौँ,’ उनले भने, ‘यसमा थप टिप्पणी नगरौँ ।’

रेग्मीले बैंकमार्फत हिनामिना गरेको रकम सुनचाँदीका गहना किन्न प्रयोग गर्ने गरेकी थिइन् । त्यो काममा न्युरोडमै दुर्गा ज्वेलर्स नामको सुन पसल चलाउने प्रकाश घतानीले साथ दिँदै आएका थिए । उनी घतानीको पसलबाट सुन र गरगहना उधारोमा लिन्थिन् र त्यसबापतको रकम चेकमार्फत भुक्तानी गरिदिन्थिन् । घतानीको खातामा मात्रै रेग्मीले एक करोड रुपैयाँ जम्मा गरेको सिआइबीका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

पशुपति ज्वेलर्सको ४७ लाखको चेक वास्तविक हितग्राहीका साथसाथै घतानीको कृषि विकास बैंकमै रहेको खातामा पनि जम्मा गरिदिएपछि यो काण्ड बाहिर आएको श्रेष्ठले जानकारी दिए । ‘उनले २० लाखको गहना लिएकी रहिछन्, ४७ लाख पसलेको खातामा जम्मा भयो । उनले फिर्ता पाउने २७ लाख अर्को खातामा जम्मा भयो,’ श्रेष्ठले भने, ‘यो कारोबारमा बैंकलाई शंका लागेर हेरेको बुझिन आएको छ ।’ तर, घतानीले भने आफूले गहना मात्रै बेचेको बताएको सिआइबीले बताएको छ । बाँकी रकम रेग्मीले कहाँ खर्च गरेको भन्ने विषयमा भने प्रहरीले केही बताएको छैन ।

कृषि विकास बैंककोे केन्द्रीय कार्यालयबाट हिसाब मिलान गर्दा हिसाब नमिलेपछि रेग्मीले गरिरहेको ठगीबारे पत्ता लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलाले बताए ।

‘उनले एउटै चेकबाट दोहोरो इन्ट्री गरेर रकम हिनामिना गर्ने गरेको देखिन्छ,’ सिटौलाले भने, ‘उनको आफ्नो र आफन्तको खातामा चेकमार्फत जम्मा भएको रकमको भौचरलगायत माग्यौँ, तर उनले त्यो दिन नसकेपछि ठगी भएको आशंकामा राष्ट्र बैंकमा खबर गर्‍यौँ ।’ कृषि विकास बैंकले यस विषयमा जानकारी गराएपछि राष्ट्र बैंकले सिआइबीलाई १२ मंसिरमा पत्र लेखी जाहेरी दर्ता गरेको थियो । त्यसको भोलिपल्टै सिआइबीले तीनजनालाई पक्राउ गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments