यसरी गठन हुन्छ राष्ट्रियसभा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यसरी गठन हुन्छ राष्ट्रियसभा


१६ मंसिर २०७४, शनिबार


काठमाडौं । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, अपांगता भएका वा अल्पसंख्यकमध्येबाट एक र तीन जना खुला प्रतिस्पर्धाबाट गरी आठ जाना निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभाका सदस्य र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख रहेका निर्वाचक मण्डलबाट राष्ट्रियसभाका ५६ जना निर्वाचित हुनेछन् । गाउँपालिका र नगरपालिकाको मतभार १८ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको हुनछ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले एक महिला सदस्यसहित तीन जना मनोनयन गरेपछि ५९ सदस्यीय राष्ट्रियसभाले पूर्णता पाउँछ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस