२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति कार्यालयमा रोकियो राष्ट्रिय सभा अध्यादेश

अ+ अ-

काठमाडौं । एकल संक्रमणीय मत प्रणालीअनुसार राष्ट्रिय सभा गठन गर्ने व्यवस्थासहित सरकारले ल्याएको राष्ट्रिय सभा अध्यादेश डेढ महिनादेखि राष्ट्रपति कार्यालयमा अड्किएको छ । गत १ कात्तिकमा मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी स्वीकृत गर्न राष्ट्रपति कार्यालय पठाएको थियो ।

दलीय सहमतिविना अध्यादेश ल्याएको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी असन्तुष्टभएको स्रोतले जनाएको छ । राष्ट्रपतिबाट अध्यादेश स्वीकृत नभएसम्म राष्ट्रियसभा निर्वाचनको बाटो खुल्दैन । एकल संक्रमणीय मतका आधारमा राष्ट्रियसभा गठन गर्नुपर्ने सत्तारुढ कांग्रेसको अडान र बहुमतीय प्रणालीमार्फत हुनुपर्ने प्रमुख प्रतिपक्षी एमालेको मागबा बीच यसअघिको संसदबाट राष्ट्रियसभा विधेयक पारित हुन सकेको थिएन ।

संसद्को कार्यकाल सकिएको एक साताभित्रै सरकारले राष्ट्रियसभा अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालय पठाएको थियो । राष्ट्रियसभाविना संसद्ले पूर्णता पाउँदैन । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचन भइसकेको छ । दोस्रो चरणको निर्वाचनपछि मतपरिणम आएसँगै प्रतिनिधिसभाले पूर्णता पाउनेछ। लगत्तै राष्ट्रियसभाले पनि पूर्णता पाउनुपर्ने कानुनविद् राधेश्याम अधिकारीले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments