२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा वर्षमा ३२ सय किशोरीले गर्छन् गर्भपतन

अ+ अ-

काठमाडौं । उपत्यकामा बर्सेनि २० वर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रूपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले पछिल्लो समय असुरक्षित यौनसम्पर्कको दरसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या पनि बढ्दै गएको बताए । ‘सरकारले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउन नपाउने व्यवस्था गरेको छ,’ श्रेष्ठले भने, ‘किशोर–किशोरीले असुरक्षित यौनसम्पर्क गर्ने र गर्भ बसेको अवस्थामा सुरक्षित गर्भपतन गराउने प्रचलन बढेको छ ।’

२० वर्षभन्दा कम उमेरका ठूलो संख्यामा किशोरीहरू गर्भपतन गराउनतर्फ लागेपछि सरकारले यसप्रति चासो र चिन्ता व्यक्त गरेको छ । सरकारमातहत दर्ता भएका स्वास्थ्य संस्थाले उपलब्ध गराएको तथ्यांकका आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले एक प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनमा २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराउने दर आशातीत बढी रहेको उल्लेख छ । प्रमुख श्रेष्ठले परिवार र समाजको डरले गर्दा किशोरीहरू गर्भपतन गराउन निजी स्वास्थ्य संस्था जाने गरेको पाइएको बताए । ‘यस्ता स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा कुनै रिपोर्ट राखिएको हुँदैन,’ उनले भने ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार तीन आर्थिक वर्षमध्ये ०७२/७३ मा गर्भपतन गराउनेको दर धेरै छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेका अनुसार ०७१/७२ मा १३ हजार ६०९ जनाले गरेको सुरक्षित गर्भपतन गराएका थिए ।

जसमध्ये २० वर्षमुनिका २५ प्रतिशत किशोरी थिए । आव ०७२/७३ मा १५ हजार ३०६ जनाले गर्भपतन गराएकोमा ३० प्रतिशत अर्थात् ३२ सय ६६ जना किशोरी थिए । ०७३/७४ मा सुरक्षित गर्भपतन गराउनेको संख्या १३ हजार ५७ जना रहेकामा २४ प्रतिशत किशोरी २० वर्षमुनिका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments