२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राचीन बस्ती जोगाउनेलाई भोट

अ+ अ-

काठमाडौं । ‘भोट खसाल्न नगए छिमेकीले प्रश्न गर्छन् । भोट खसाल्न रहर नभए पनि बाध्यता छ । चुनावमा हामीले जुन पार्टीलाई भोट हाले पनि हुने केही होइन’, दुई दशकदेखि साँखु सुनटोलमा पसल गर्दै आएका इन्द्रप्रसाद राजभण्डारीले भने । ‘नेता भ्रष्ट भएपछि विकासको आशा के गर्ने । कानुनी व्यवस्था भनिए पनि नेता–कार्यकर्ताको हालीमुहाली चल्छ’, राजभण्डारीको दुखेसो छ, ‘चुनाव भनेको नेताले फोस्रो आश्वासन बाँड्ने विशेष समय मात्रै हो ।’

१२ वैशाख ०७२ को भूकम्पले साँखुका पुराना प्रायः सबै घर भत्किएका छन् । भूकम्प पुनर्निर्माण यो क्षेत्र अस्तव्यस्त छ । भूकम्पपछि सरकारले दिएको पहिलो किस्ताको ५० हजार रुपैयाँले घर बनाउन सुरु गर्नसमेत नपुग्ने भएकाले पाँच प्रतिशतले मात्रै घर बनाएका छन् । घर बनाउन सुरु गरेका स्थानीयले पनि पुख्र्यौली सम्पत्ति बिक्री गरेर थालेका हुन् ।

‘सरकारी सहयोग र प्रोत्साहन नभएको तथा जुन नेता आए पनि आफ्ना दुःख आफैंसँग रहेको’ भूकम्पपीडितको सूचीमा आफ्नो नाम छुटाएकोप्रति राजभण्डारीको आक्रोश सरकारी निकायप्रति पनि उत्तिकै छ । पहिलाको तुलनामा प्रविधिको प्रयोग बढेकाले चुनावी नारा र अभियान परिवर्तन हुँदै गएको छ सकारात्मक मान्न थालेको साँखुकै इपाटोलका स्थानीय दिलीपकुमार श्रेष्ठ बताउँछन् ।

०७० को दोस्रो संविधानसभा चुनावमा कांग्रेसका दीपक कुइँकेलबाहेक ०४८ देखि नै निरन्तर एमालेले जितेको काठमाडौं क्षेत्र नम्बर २ मा यसपटक पनि वाम र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा हुनेछ । स्थानीय तह चुनावका आधारमा यो क्षेत्रमा वामपन्थीले बाजी मार्ने अनुमान यहाँका बासिन्दाको छ । शंखरापुर नगरपालिकाको ६ र ७ वटामा पर्ने साँखुमा यसअघिको स्थानीय चुनावमा भने राप्रपाले जितेको थियो ।

पूर्णतय नेवार बस्ती रहेको प्राचीन सहर साँखुलाई एक हजार घरको सहर भनेर बुझ्ने गरिन्छ । यो क्षेत्रमा रहेका एक हजार घरको बस्तीमा आधुनिकले छोपेको छैन । नयाँ घर पनि पुरानै संरचना तथा प्राचीन महत्व झल्कने गरी बनाइन्छ । हरेक घरको पानी तथा ढलको निकास राजकुलोबाटै निकास हुन्छ । स्थानीयको रहनसहन, रीतिरिवाज, खानपान आज पनि उस्तै रहेकाले प्राचीन महत्व जोगाउन सकिएको श्रेष्ठको दाबी छ । उनले भने, ‘साँखु क्षेत्रमा मनाइने विभिन्न जात्रा तथा नेवारी संस्कारलाई आजसम्म टिकाउन सकिएकाले नै काठमाडौंका अन्य सहरको तुलनामा साँखुको महत्व अहिले पनि उस्तै छ ।’

पुरानो बस्ती भए पनि व्यवस्थित ढंगले बनाइएका घर, बाटो र टोलले अहिलेसम्मको साँखुको साखः जोगाउन सकेको स्थानीयको बुझाइ छ। यहाँको साखः जोगाउने उम्मेदवारले चुनावमा प्राथमिकता पाउने बुझाइ श्रेष्ठको छ। सहर पुरानो भएकाले यसको महत्व दर्शाउने गरी संरक्षण गर्नु, आधुनिकताको नाममा विकृति रोक्ने र पुरानो भए पनि व्यवस्थित बनाएर विकास निर्माणको एजेन्डा अगाडि सार्ने उम्मेदवारलाई भोट दिने चाहना साँखुवासीका रहेको सबै स्थानीयले बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments