गजल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गजल


१६ मंसिर २०७४, शनिबार


जता पनि ठिक्क पर्ने बानी रैछ ।।
सबैलाई अटाउन सक्ने नानी रैछ ।।

झुक्याउनुको पनि त सिमा हुन्छ नि हो ।
सम्पूर्ण प्यास मेटाउने त पानी रैछ ।।

मुटु पगाल्न त तिम्रा शव्द नै काफी थिए ।
पग्लिने प्रयासमा मुटु नै जलेर जानी रैछ ।।

पिउनै पर्छ अनि पिलाउनै पर्छ जरूरी छैन ।
कतै छल्किने कतै पोखिने त जवानी रैछ ।।

केवल रूप रङ्ग मै मधहोस हुन्छौ किन ?
कमलो वचन पाई लड्नु पनि हानी रैछ ।।

प्रतिक्रिया दिनुहोस