हर्क बहादुरको छोरा
कफनमा लाश भएर
स्वदेश फर्केको कथा
साहिलीको ६ वर्षे छोरी
बलात्कारमा मारिएको कथा
विष्णु नारायणको छोरी
प्रवश व्यथा सहन नसकेर
ज्यानै गुमाएको कथा
त्यस गाउँमा गयो की
नमिठा नमिठा यस्तै
कथा हालेको चिया
पिउँनु पर्छ सधैं
स्कूल जानलाई दुई घण्टा हिडेर
जाने बालबालिकाको कथा
स्कूलमा किताब नपुुगेर
बिना किताब पढाउने कथा
स्कूल गएकी छोरी घर फर्किदा
बाटोमा लफंगाले हातपात गरेको कथा
साना केटाकेटीको पठनपाठन गर्ने
स्कूल पहीरोले पुरेको कथा
त्यस गाउँमा गयो की
नमिठा नमिठा यस्तै
कथा हालेको चिया
पिउँछु पर्छ सधैं
तरुणी केटीलाई मायाजालमा पारेर
बेचीएकी चेलीको कथा
बोक्सीको आरोपमा बुढीआमालाई
अखाद्य वस्तु खुवाएको कथा
आफनै जहानलाई
बन्चरोरे हिर्काएर असक्त बनाएको कथा
गोठमा सुतेकी राजकुमारी
भोली विहानै लाश बनेको कथा
त्यस गाउँमा गयो की
नमिठा नमिठा यस्तै
कथा हालेको चिया
पिउँछुपर्छ सधैं
लक्का जवान रोजगारीकोक्रममा
विदेशमा हड्डी खियाउनेको कथा
आफनै जन्मोथलोमा
भोकमरीरोगले ग्रस्त पार्दा
आफूूलाई मृत्युमा समपर्ण गरेको कथा
मानसिक रोगका कारण कति युवाहरु
आफनै घरआँगन नचिनेको कथा
त्यस गाउँमा गयो की
नमिठा नमिठा यस्तै
कथा हालेको चिया
पिउँछुपर्छ सधैं