मतदाता रिझाउन धमाधम निर्णय « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मतदाता रिझाउन धमाधम निर्णय


१५ मंसिर २०७४, शुक्रबार


काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले मतदातालाई प्रभावित बनाउने गरी निर्णय गर्दै आएको छ । यसै क्रममा दोस्रो चरण निर्वाचन आउन ७ दिन बाँकी रहँदा बिहीबार मन्त्रिपरिषद् बैठकबाट मकवानपुर हेटौँडाको बाइपास सडकबारे निर्णय लिइएको छ ।

बैठकले उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापालाई सहयोग पुग्नेगरी हेटौँडाको सो सडकका बारेमा निर्णय लिएको हो । ‘आज मन्त्रिपरिषद् बैठकले हेटौँडाको रातमाटेदेखि चौकीटोलसम्मको पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथका खण्डलाई राजमार्गबाट हटाउने र रातामाटेदेखि राप्ती पुलसम्मको बाइपासलाई राजमार्गका रूपमा निर्माण गर्ने निर्णय गरेको छ,’ थापाले ट्विट गर्दै भनेका छन् , ‘हेटौंडा बजारमा दुवैतर्फ १६/१६ मिटरको बाटो बिस्तार हुनेछ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस