२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर ८८४ जना सांसद

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै मुलुकले आठ सय ८४ जना सांसद पाउनेछ । प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचन १० मंसिरमा भएको थियो भने दोस्रो चरण निर्वाचन यही मंसिर २१ मा हुँदैछ । यी दुवै चरणबाट निर्वाचित हुने आठ सय २५ जना र राष्ट्रिय सभामा निर्वाचित हुने ५९ जना गरी सांसदको जम्मा संख्या आठ सय ८४ पुग्नेछ ।

संविधानको धारा ८३ मा व्यवस्था भएबमोजिम प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको संघीय व्यवस्थापिका रहने र यसलाई संघीय संसद् भनिनेछ । यो संसद्मा प्रतिनिधिसभामा प्रत्यक्षबाट एक सय ६५ र समानुपातिकबाट एक सय १० गरी दुई सय ७५ सांसद रहनेछन् भने राष्ट्रियसभामा ५९ सदस्य रहनेछन् ।

संघीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी कुल तीन सय ३४ जना सांसद रहनेछन् । संविधानमा प्रतिनिधि सभाका सदस्यबाट मात्रै प्रधानमन्त्री छानिने प्रावधान छ ।

संविधानको धारा ७६ अनुसार राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने व्यवस्था छ ।

निर्वाचन आयोगका प्रवक्ता आनन्द ढकालले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना एक सातामा र समानुपातिकतर्फको मतगणना दोस्रो साताभित्र सम्पन्न गर्ने तयारी गरिएको बताए ।आयोगको यो तयारीसँगै पुस दोस्रो सातादेखि सरकार गठन प्रक्रिया थालनी हुनेछ ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान रहे पनि कसैले पनि बहुमत प्राप्त गर्न नसके राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र त्यसरी नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

संघीय सरकारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १५ वटा मात्रै मन्त्रालय राख्न प्रस्ताव गरिएको छ । संविधानको धारा ७६ को उपधारा ९ मा संघीय सरकारमा प्रधानमन्त्रीसहित २५ मन्त्री रहन सक्ने व्यवस्था गरेको छ ।

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित ३१ वटा मन्त्रालय र ६४ जना मन्त्री छन् । तर अबको संघीय सरकारमा बढीमा २५ जनाभन्दा बढी मन्त्री राख्न नपाइने गरी संविधानले नै ढोका बन्द गरिदिएको छ । केन्द्रमा बढीमा २५ जना मन्त्री राख्नुपर्ने परिकल्पना गरेको संविधानले प्रदेशमा भने अत्याधिक मन्त्रालय राख्न पाउने गरी ढोका खुला गरिदिएको छ ।

संविधानअनुसार प्रदेशमा कुल सांसद संख्याको २० प्रतिशतसम्म मन्त्री राख्न पाउने प्रावधानले प्रदेशमा आठदेखि २२ वटासम्म मन्त्रालय रहने देखिएको छ । यद्यपि मन्त्रालयमा राज्यमन्त्री र सहायकमन्त्री राखेर मन्त्रालयको संख्या कम गर्न विज्ञले सुझाव दिँदै आएका छन् ।उता दुवै चरणको निर्वाचनबाट अब सात वटै प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० जना सांसद निर्वाचित हुने भएका छन् । यसरी निर्वाचित हुनेमा प्रदेशमा प्रत्यक्षबाट तीन सय ३० र समानुपातिकबाट दुई सय २० जना रहनेछन् ।

प्रदेश १ मा प्रत्यक्षबाट ५६ जना र समानुपातिकबाट ३७ जना गरी ९३ जना, प्रदेश २ मा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ गरी एक सय सात जना, प्रदेश ३ मा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ गरी एक सय १० जना तथा प्रदेश ४ मा प्रत्यक्षबाट ३६ र समानुपातिकतर्फ २४ गरी ६० जना रहनेछन् । यसैगरी प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ जना, प्रदेश ६ मा प्रत्यक्षतर्फ २४ र समानुपातिकतर्फ १६ गरी ४० जना र प्रदेश ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी ५३ जना सांसद रहनेछन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments