देशभर ३३ हजार एचआइभी संक्रमित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देशभर ३३ हजार एचआइभी संक्रमित


१५ मंसिर २०७४, शुक्रबार


काठमाडौं । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७३५ रहेको जनाएको छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ ।

केन्द्रका निर्देशक डा. विकास लामिछानेका अनुसार २० हजार २३२ पुरुष र १२ हजार ५३ महिला एचआइभी संक्रमित छन् । ‘सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रूपमा एचआइभी एड्सका कारण मृत्यु हुनेको संख्या ४८५%ले कमी आएको छ । नेपालमा पनि आशातीत रूपमा नयाँ संक्रमितको संख्यासँगै मृत्युदर पनि घटेको छ,’ ३०औँ विश्व एड्स दिवसको पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक डा. धिकार’ भन्ने नारासहित मनाइँदै छ ।

निर्देशक लामिछानेले नेपालमा ७०% एचआइभी संक्रमण असुरक्षित यौनसम्पर्कबाट हुने गरेको बताए । उनका अनुसार १४ हजार ५४४ जना एचआइभी संक्रमितले मात्रै उपचार गराइरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस