घुसको रकमसहित इन्जिनियर नियन्त्रणमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

घुसको रकमसहित इन्जिनियर नियन्त्रणमा


१४ मंसिर २०७४, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुससहित सिँचाइ विकास डिभिजन कास्कीमा कार्यरत इन्जिनियर गोविन्दप्रसाद भुर्तेललाई नियन्त्रणमा लिएको छ ।

सिँचाइ कुलो निर्माणका लागि ठेक्का सम्झौता गरी काम सम्पन्न गरेपश्चात अन्तिम बिल भुक्तानीका लागि र कार्य अनुभव प्रमाणपत्र दिने प्रयोजनका लागि विभिन्न बाहनामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं निवेदनका आधारमा आयोगको टोलीले निजकै निवासबाट घुस रकमसहित बुधबार उहाँलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया दिनुहोस