२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रिन टीको नाममा लागुऔषध कारोबार

अ+ अ-

काठमाडौं । केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर ‘ग्रिन टी’ को ओसारपसार बढ्दै गएपछि एयरपोर्ट भन्सारका कर्मचारीहरू चकित भएका थिए ।

बुधबार मात्र त्यस्तो ओसारपसारको रहस्य खुल्यो । ग्रिन टी नभएर त्यो अफ्रिकन मुलुकहरूमा उत्पादन हुने खात नामक लागुऔषध थियो । जुन ग्रिन टी का नाममा नेपाललाई ट्रान्जिट बनाई अन्तर्राष्ट्रिय गिरोहले ओसारपसार गर्दै आएको थियो ।

दुई साताअघि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले आठ किलो खातसहित तीन जना सोमालियन नागरिकलाई पक्राउ गरेको थियो । इथियोपियाबाट ल्याइएको उक्त लागुऔषध उनीहरूले चिया भनेर नेदरल्यान्डमा तस्करीको प्रयास गरेको एनसिबीका प्रमुख डिआइजी ठुले राईले बताए । प्रहरीले ब्राहिक अली हाजी, जाम एब्डिफाथी र अब्डिफहद युसुलाई पक्राउ गरेको हो । ‘विगतमा पनि उनीहरूले तस्करी गरेको हुन सक्छ,’ डिआइजी राई भन्छन्, ‘विगतदेखि नै तस्करी भइरहेको सूचनाका आधारमा हामीले निगरानी गरी पहिलोपटक यस्तो लागुऔषध बरामद गर्न सफल भएका हौँ ।’

खात हेर्दा ठ्याक्कै चियाको पातजस्तै देखिन्छ । जसकारण सजिलै लागुऔषध हो भेनर पत्ता लगाउन गाह्रो छ । ब्युरोले उक्त लागुऔषध २८ कात्तिकमै पक्राउ गरेपछि लागुऔषध नै हो भनेर पक्का गर्न सकेन । ल्याब टेस्टपछि लागुऔषध नै भएको पुष्टि भएपछि प्रहरीले १५ दिनपछि त्यसबारे सार्वजनिक गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments