२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रुट फेर्दा पनि एम्बुसमा परियो’

अ+ अ-

काठमाडौं । बाटोभरि एम्बुस छ भन्ने खबर पाए पनि कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की (६७) विचलित भएनन् । हातमा गीताको पुस्तक लिएर भाइलाई बोलेरो जिप हाँक्न लगाई रुट फेर्दै जंगलको बाटोबाट गन्तव्यमा पुग्न लाग्दा बीच बाटोमै एम्बुसमा परे। उनीसहित गम्भीर घाइते तीन जनाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । अन्य चारजना सामान्य घाइते छन् ।

चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा एम्बुसमा परेका उदयपुर, प्रतिनिधि सभा २ का कांग्रेस उम्मेदवार कार्कीको हातखुट्टा, आँखा र टाउकोमा चोट लागेको छ । उदय श्री बहुमुखी क्याम्पस कटारीकी नेविसंघ सभापति मीरा कटवाल ९२३० बायाँ खुट्टा क्षतविक्षत भएको छ । कुर्कुच्चामुनिको भाग चुँडिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए। अन्य घाइतेलाई सामान्य चोटपटक लागेको छ ।

उदयपुरगढी गाउँपालिकास्थित नेपालटार बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रमको सूचना सार्वजनिक भएपछि बाटोमा एम्बुस राखिएको जानकारी अज्ञात व्यक्तिले दिएका थिए । रुट परिवर्तन गरी जाँदा सोही वडाको दनुवारबेसीमा पुग्दा बा.१च ७८०६ नम्बरको बोलेरो जिप एक्कासि एक फिट माथि उफ्रेर भुइँमा बज्रेको थियो।
खुट्टामा चोट लागेका घाइते चालक राजन कार्की (४३) भन्छन्, ‘जंगलको बाटो हुँदै गाउँ निस्कन लागेका थियौं । ड्याम्म ठूलो आवाज आयो । सुरुमा त इन्जिन पड्किएजस्तो लाग्यो । गाडीको ब्रेकतिर आँखा लगाउँदा ब्रेक नै देखिनँ । उडिसकेको रहेछ ।’

एम्बुसस्थलको दायाँतिर ठूलो डिल थियो । पड्कँदा एक फिट माथि उडेको गाडी भुइँमा बज्रँदा अनियन्त्रित भयो । तर, जीप बायाँतिर ढल्कियो । चालक कार्की च्यापिए । उनीमाथि उम्मेदवार कार्की र नेविसंघ नेत्री कटवाल एकमाथि अर्को खप्टिए । लौ मलाई छिटो झिक है ….. उम्मेदवार कार्की भन्दै चिच्याए । त्यसपछि पछिल्लो सिटमा बसेका सामान्य घाइते नवराज पौडेललगायतले झ्यानाकुटी पार्दै उठाए । सामान्य घाइते पौडेलले भने, ‘माथि गएर हेर्दा ठूलो खाल्डो रहेछ । खाल्डोबाट सानो तार पनि माथि लगेको देखियो ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments