त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु


१३ मंसिर २०७४, बुधबार


बस दुर्घटना

चितवन । काठमाडौँबाट अर्घाखाँची गइरहेको बस करिब सबा नौ बजे त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

लु२ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका– ३ चुम्लिङटारबाट त्रिशुलीमा खसेको हो । प्रहरी उपरीक्षक दिपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ ।

उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस