२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उम्मेदवारीसँगै दोधारा चादँनीलाई न्याय

अ+ अ-

भीमदत्तनगर । सदरमुकाम भीमदत्तनगरबाट धेरै टाढा नरहे पनि भौगोलिक विकटताका कारण कुनै समय विभिन्न खाले अभाव, सरकारी सुविधाबाट वञ्चित हुनुका साथै भारतीय सीमावर्ती बजारमा श्रम गरी बाँचेका दोधारा चादँनीवासीलाई पछिल्ला समय न्याय मिल्ने क्रम निरन्तर छ ।

पश्चिममा सिमाना नदी महाकाली नदीलाई मानिए पनि तर कञ्चनपुरमा महाकाली नदी पारी पनि कुनै समय दोधारा र चाँदनी गरी दुईवटा गाविस थिए । केही वर्षअघि मात्रै महाकाली नगरपालिका बनेको दोधारा चाँदनी जान पनि भारतीय मोटरबाटोको प्रयोग गर्नुका साथै स्वदेशी भूमि प्रयोग गर्दा ट्युबमा ज्यान जोखिममा राखेर तर्नुपर्ने बाध्यता थियो ।

दशकअघि महाकाली नदीमा निर्माण भएको झोलुंगे पुलले दोधारा चादँनीवासीलाई भीमदत्तनगरलगायत मुलुकलाई जोड्न राहत मिल्यो । भारतीय भूमिबाट नेपाल आवातजावत गर्दा भारतीय पक्षको थिचोमिचो सहेर बसेका दोधारा चादँनीवासीलाई पछिल्ला वर्षमा एकपछि अर्को सुविधा थपिने क्रम चलिरहेको छ ।

केही समयअघि महाकाली नदीमा चार लेनको पुल शिलान्यासको खबरले गद्गद् भएका दोधारा चाँदनीवासीका लागि निर्माण हुने सुख्खा बन्दरगाह अर्को खुशीको विषय थियो ।

चरणबद्धरुपमा सुख्खा बन्दरगाह निर्माणका लागि चलिरहेको सर्वे, बनिरहेका पक्की सडक, खानेपानीलगायतका पूर्वाधार त्यहाँका पछिल्ला उपलब्धि हुन् । जोगबुढा नदीमा बनेका झोलुंगे पुलले समेत स्थानीयवासीलाई भारतीय सीमावर्ती बजारमा आवागमनका लागि अझ सहजता थपेको छ । महाकाली नदीको पानी महाकाली पारीका बस्तीसम्म सिँचाइका लागि पुर्याउने अर्को चरणको कामसमेत थालनी हुने क्रममा छ ।

विकास निर्माणदेखि स्थानीयलाई थपिएका सुविधा मात्रै होइन । राजनीतिक दल नेताको मानसपटमा समेत संख्यामा बढी मतदाता रहेको दोधारा चाँदनीअर्थात् महाकाली नगरपालिका पर्न थालेको छ । आसन्न मंसिर २१ गतेको निर्वाचन नजिकिँदै गर्दा महाकाली नगरपालिकामा नेपाली काँग्रेस र वाम गठबन्धनका उम्मेदवारले चुनावी घरदैलोलाई निकै गति दिएका छन् ।

सदरमुकाम रहेको भीमदत्तनगरभन्दा पनि उम्मेदवार दोधारा चाँदनीमा मतदातालाई रिझाउन उतै बाससमेत बस्न थालेका छन् । निर्वाचन क्षेत्र नं ३ को २२ हजारभन्दा बढी मतदाता महाकाली नगरपालिकामा रहेका छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर सुनार नगर प्रमुखमा निर्वाचित भएका थिए । अंक गणित हेर्ने हो भने महाकाली नगरपालिकामा नेपाली काँग्रेसको प्रभाव क्षेत्र मानिन्छ । २०७० सालको संविधानसभाको निर्वाचनमा महाकाली नगरपालिकाबाट नेपाली कांग्रेसका नेता रमेश लेखकले अरु पार्टीका उम्मेदवारभन्दा दोब्बर बढी मत पाएका थिए ।

आसन्न निर्वाचनमा राजनीतिक दलले महाकाली नगरपालिकालाई निर्वाचन क्षेत्र नं ३ ‘ख’को उम्मेदवार दिएकोमा हर्षित छन् । ‘हामीलाई उम्मेदवार होइन, पार्टीले न्याय नै गरेका हुन् ।’ महाकाली नगरपालिकाका स्थानीय भीमबहादुर सिंहले भने– ‘अहिलेसम्म माथिल्लो निकायमा यहाँका नेताले कुनै पार्टीबाट टिकट पाएका थिएनन् ।’

निर्वाचन क्षेत्र नं ३ को ‘ख’ प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले बेलबहादुर रानालाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनार चुनावी दौडमा छन् । दुवैजना महाकाली नगरपालिकाका स्थानीय भएकाले दोधारा चाँदनीवासीले पहिलोपटक भूगोललाई न्याय भएको बताइरहेका छन् ।

‘ख’ प्रदेशमा महाकाली नगरपालिकाका दश वटा र भीमदत्त नगरपालिकाका सात वडा रहेका छन् । दुवै उम्मेदवार यसअघि दोधारामा पूर्व गाविस अध्यक्ष समेत रहिसकेका छन् । यसअघि नेपाली कांग्रेसबाट हालका नगरप्रमुख वीरबहादुर सुनार सामुपातिक सांसदको उम्मेदवार रहे पनि सांसद भने हुन सकेनन् ।

नेपाली कांग्रेसबाट निर्वाचन क्षेत्र नं ३ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार रहनुभएका बेलबहादुर रानाले प्रजातन्त्र आइसकेपछि दोधारा चाँदनीलाई पहिलोपटक आफूलाई उम्मेदवार बनाएर कांग्रेसले न्याय दिएको बताए । ‘प्रदेशसभामा यहाँबाट पहिलो उम्मेदवार बन्ने व्यक्ति म नै हो ।’

रानाले भने– ‘दशकौँदेखि दोधारा चाँदनीमा राजनीति गरेकाले मत माग्न घरदैलोमा गइराख्नुपर्ने अवस्था पनि छैन ।’ दोधारा चाँदनीको विकासका एजेण्डामा सुघाउ पुर्याउन आफू लामो समयदेखि समय खर्चेर लागेको बताउँदै रानाले आसन्न निर्वाचनमा प्रदेशसभामा विजयी हुने दाबी गरे ।

‘मतदाता दोधारा चाँदनीभन्दा पनि प्रदेशसभामा परेका भीमदत्त नगरपालिकाका वडामा घरदैलो गर्ने सुझाव दिइरहेका छन्’ रानाले भने– ‘विगतको संविधानसभामा पार्टीले पाएको मत हेर्दा पनि विजय यात्रालाई कसैले रोक्न सक्दैन ।’

त्यसैगरी माओवादी केन्द्रका नेता तथा प्रदेश ‘ख’का उम्मेदवार मानबहादुर सुनारले सडक, सिँचाइलगायतका पूर्वाधार विकासका लागि मतदाता माग गरिरहेको बताए । ‘विगतमा पनि यस क्षेत्रमा काम गरिसकेको धेरै अनुभव छन् ।’ उनले भने– ‘सुख्खा बन्दरगाह निर्माणदेखि सिँचाइको व्यवस्था गर्ने मेरा मुख्य एजेण्डा हुन् ।’ आफ्नो उम्मेदवारीले दोधारा चाँदनीका मतदाता उत्साही रहेको उम्मेदवार सुनारको भनाइ छ ।

0 Comments