डोल्पाका नौ मतदानस्थलका मतपेटिका संकलनमा समस्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डोल्पाका नौ मतदानस्थलका मतपेटिका संकलनमा समस्या


१३ मंसिर २०७४, बुधबार


काठमाडौं । पहिलो चरणमा निर्वाचन भएका ३२ मध्ये ३१ जिल्लाका मतदानस्थलका मतपेटिका सदरमुकाम आइपुगेका छन् । निर्वाचन आयोगका अनुसार डोल्पाका नौ मतदानस्थलका मतपेटिका सदरमुकाम ल्याउने प्रयास भइरहेको छ । २९ सय १७ मध्ये अब नौ मतदानस्थलका मतपेटिका आउन बाँकी रहेको हो ।

मौसमका कारण हेलिकोप्टर सदरमुकाम पुगे पनि अत्यधिक हावा चलेका कारण उडान हुन नसक्दा मतपेटिका बुधबार मात्र ल्याउने तयारी छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस