२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यकारीमा ओली र म नै : अध्यक्ष दाहाल

अ+ अ-

मैघौली । माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले चुनाव परिणामलगत्तै माओवादी र एमालेबीचको एकतापछि एकीकृत पार्टीको अध्यक्ष वा मुलुकको प्रधानमन्त्रीमध्ये एकमा आफू र अर्कोमा केपी शर्मा ओली हुने स्पष्ट पारेका छन् ।

दाहालले भने, ‘माओवादी र एमालेबीच एकीकृत हुने । एकीकृत पार्टीले पार्टी अध्यक्ष, मुलुकको राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता महत्वपूर्ण पदमा सहमतिका साथ भागवण्डा गर्ने वाम गठबन्धन घोषणाका क्रममै भएको सहमतिमा उल्लेख छ ।’

आफू र ओलीले एकीकृत पार्टीपछि के पद पाउने भन्दा पनि सात दशकदेखि जनताले प्रतीक्षा गरेको विभाजित कम्युनिस्टबीचको एकता ठूलो कुरा हुने उनले तर्क गरे ।त्यसैले हामी दुईका लागि पदभन्दा पार्टी एकता ठूलो कुरा हो उनले भने । ‘कुनै न कुनै कार्यकारी पदमा म हुन्छु’, दाहालले हर्षका साथ भने ।

माओवादी र एमालेबीच एकताको उद्देश्य अधिनायकवाद जन्माउने नभएर शान्तिप्रक्रियालाई पूर्णता दिनु र संविधान कार्यान्वयनमा सफलता पाउनु रहेको दाहालको दाबी थियो ।उनले भने, ‘एमाले र माओवादीको एकता अधिनायकवाद जन्माउन नभई मुलुकको शान्ति र स्थायित्वमा केन्द्रित रहन्छ ।

वामपन्थीविरुद्ध जति नै दक्षिणपन्थी दुष्प्रचार भए पनि जनताले स्थानीय, प्रदेश र प्रतिनिधिसभामा वामपन्थीलाई बहुमत दिलाउने जनआवाज आफूले मुलुकभरका चुनाव प्रचारका क्रममा सुनेको दाबी दाहालले गरे ।

आफ्नो चुनावी क्षेत्र यकिन हुन नसक्नुका कारणको जिज्ञासामा दाहालले भने, ‘मुलुकको एकता हो । दस बर्से जनयुद्ध र राजधानीलाई एकाकार गर्न मैले पहिलो संविधानसभामा रोल्पा र काठमाडौं रोजें, शान्ति प्रक्रिया र संविधान निर्माणलाई सफल गराउँदै मधेसलाई राजधानीमा एकाकार गराउन काठमाडौं र सिरहा रोजें भने अहिले राष्ट्रिय एकता आवश्यक भएकोले चितवन आएँ ।’

दश बर्से जनयुद्धबाट शान्तिप्रक्रिया हुँदै दुई–दुई पटक सत्ता नेतृत्वमा रहेका दाहालले समाजवादउन्मुख आर्थिक सामाजिक विकासका आधारमा ‘समृद्ध नेपाल विकशित चितवन’ ३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । पुत्र प्रकाशको निधनपछि केही समय चुनाव प्रचारमा सुस्तता आए पनि शुक्रबारदेखि दाहालले चुनावी प्रचारलाई तीव्रता दिएका छन् ।

चुनावी सभामै दाहालले चितवनलाई विकासको नमुना र एसियाकै समृद्ध सहरमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।दाहालले चितवनको विकासका लागि सात वटा नगरपालिका एकीकरण गरी ‘चितवन मेट्रो सिटी’ बनाउने, पाँच वर्षभित्र ५० हजार रोजगारी सिर्जना गर्ने, भूमिहीन २० हजार सुकुम्बासीका लागि आधुनिक आवास गृह निर्माण गर्ने, राष्ट्रिय निकुञ्जमा सुरुङमार्ग वा फ्लाई ओभरमध्ये एक निर्माण गर्ने, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र सेवालाई व्यवस्थित बनाउने, भरतपुर अस्पताललाई मेडिकल कलेजमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments