कांग्रेस सभालाई लक्ष्य गरी बम विष्फोेट, सात घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कांग्रेस सभालाई लक्ष्य गरी बम विष्फोेट, सात घाइते


१२ मंसिर २०७४, मंगलबार


दाङ । नेपाली कांग्रेस दाङले तुल्सीपुरमा आयोजना गरेको चुनावी सभालाई लक्ष्य गरी केहीबेर अघि यहाँ बम विष्फोट गराइएको छ ।

काँग्रेसले आयोजना गरेको चुनावी सभास्थलदेखि करिब २०० मिटर टाढा बम विष्फोट भएको हो र यो विष्फोटमा परी सातजना घाइते भएका छन् । घाइते हुनेमा म्यादी प्रहरी विनोद चौधरी, स्थानीयवासी देवाकुमारी विसी, जोनी विसी, नेपबहादुर खत्री, हिमलाल रम्जाली, बोमराज सुनार र नरपनि बुढाथोकी रहेका छन् ।

घाइतेमध्ये म्यादी प्रहरी चौधरी र जोनीको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई एम्बुलेन्समा उपचारका लागि नेपालगञ्ज लगिएको प्रहरी नायब उपरीक्षक सुधिरजंग शाहीले जानकारी दिए ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँणलगायत नेता सभास्थल प्रवेश गरेपछि बम विष्फोट भएको थियो । प्रधानमन्त्रीलगायत कांग्रेस नेताहरु सभालाई सम्बोधन गरी अहिले दाङकै घोराहीमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न त्यसतर्फ गएका शाहीले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस