सिमकोटमा तारा एयरको विमान दुर्घटना हुँदा ५ घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सिमकोटमा तारा एयरको विमान दुर्घटना हुँदा ५ घाइते


१२ मंसिर २०७४, मंगलबार


काठमाडौं । हुम्लाको सिमकोटबाट सुर्खेतका लागि उड्ने तयारी गर्दै गरेको तारा एयरको ९ एन-एबीएम कल साइन रहेको ट्वीनअटर विमान सिमकोट विमानस्थलको धावनमार्गमा दुर्घटना भएको छ ।

मंगलबार बिहान उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर हुँदा विमान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।  विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेको बुझिएको छ ।

विमान निर्वाचनका लागि हुम्लामा खटिएका १३ प्रहरी जवान बोकेर सुर्खेततर्फ उडान भर्ने क्रममा थियो । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस