समावेशीले बढे निजामतीमा महिला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

समावेशीले बढे निजामतीमा महिला


११ मंसिर २०७४, सोमबार


काठमाडौं । निजामती सेवामा समावेशीकरणको व्यवस्था लागू भएपछि सात वर्षको अवधिमा समग्र सेवा र नीति निर्माण तहमा महिलाको संख्या अत्याधिक र उत्साहबद्र्धक रूपमा बढेको छ ।

केन्द्रीय कर्मचारी निकाय (सिपीए) को रूपमा रहेको सामान्य प्रशासन मन्त्रालयले विभिन्न विज्ञ र परामर्शदाताको सहयोगमा गरेको अध्ययनले केही त्रुटिका बाबजुद समावेशी व्यवस्थठाले आशातीत सफलता हासिल भएको देखाएको हो ।

समावेशीकरणको व्यवस्था लागू भएको वर्ष २०६६/६७ देखि ०७३/७४ सम्म सात वर्षको अवधिमा देखिएको प्रभाव अध्ययनअनुसार निजामती सेवामा पुरुष १७ हजार पाँच सय ४६ जना प्रवेश गर्दा महिला आठ हजार पाँच सय ६० जना प्रवेश गरेका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस