२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धनबीच मत बाँडफाँट

अ+ अ-

धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका २ स्थित दोङदेङदेवी मावि मतदान केन्द्रमा प्रतिस्पर्धामा रहेका गठबन्धनबीच नै मत बाँडफाँट भएको छ । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा रहेको उक्त क्षेत्रमा कसलाई कति मत छुट्याउने भन्ने विषयमा विवाद भएपछि ढिलो गरी मतदान सुरु भएको थियो । जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख ईश्वर सिंखडाले दोङदेन देवी माध्यामिक विद्यालयमा मध्याह्न १२ बजेबाट मात्रै मतदान सुरु भएको जानकारी दिए । मतदाता र दलका प्रतिनिधिबीच छलफल भइरहेकाले बिहानै मतदान प्रक्रिया सुरु नभएको मतदान अधिकृतले जानकारी दिएका सिंखडाले बताए ।

सात सय ३८ मतदाता रहेको उक्त केन्द्रमा सात सय ३० मत खसेको छ। विकट र छरिएको मानव बस्ती रहेको उक्त केन्द्रमा ९८ प्रतिशत मत खसेको थियो।मतदान अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन सम्पर्कमा भने, ‘दलका प्रतिनिधिले आफ्ना गठबन्धनको भोट छुट्टाछुट्टै लाइनबाट खसाल्ने प्रस्ताव गरेका थिए तर हामीले त्यसो गर्न दिएनौं । हामीले बनाएको मतदान केन्द्रको संरचनाअनुसार महिला र पुरुषको लाइनमा नै मतदाता आफ्नो–आफ्नो गठबन्धनको तर्फबाट लाइन लागेर मत खसाल्ने सहमतिका साथ आए । शान्तिपूर्ण तरिकाले लाइन लागेर मत खसाल्न आएपछि हामीले भोट हाल्न दियौं ।’

गठबन्धनबीच मत बाँडफाँट भए पनि कसले कति मत बाँडे भन्ने विषयमा पुष्टि हुन सकेन । स्रोतका अनुसार स्थानीय तहमा त्यहाँका दलले प्राप्त गरेको मतका आधारमा लोकतान्त्रिक र वाम गठबन्धनले मत बाँडेका हुन् । प्रतिस्पर्धामा रहेका गठबन्धनबीच नै मत बाँडफाँट भएको कुरा रुवीभ्याली गाउँपालिकाको वडा नं ३ का वडाध्यक्ष पेम्बा तामाङले घुमाउरो पारामा स्वीकार गरे । उनले भने, ‘हामीले मिलाएर भोट हालेका हौं ।’

मतदान सकिएपश्चात मतपेटिका डेढ घन्टाको पैदलयात्रापछि सेर्तुङको बोराङ प्रहरी चौकी लगिएको मतदान अधिकृत कार्कीले बताए । उनका अनुसार मतपेटिकाको सुरक्षार्थ २१ सशस्त्र प्रहरी, १५ जना नेपाल प्रहरी र २० जना म्यादी प्रहरीसँगै सेर्तुङ चौकीमा राखिएको छ । सोमबार बिहान हेलिकोप्टरमार्फत मतपेटिका सदरमुकाम पठाउने तयारी भइरहेको छ ।

सडक सञ्जालले नजोडिएको उत्तरी धादिङको उक्त क्षेत्र प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा ‘खु मा पर्छ। लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभामा कांग्रेसका दिलमान पाख्रिन र वाम गठबन्धनबाट एमालेका खेम लोहनी प्रतिस्पर्धामा छन् । त्यसैगरी प्रदेशसभातर्फ वाम गठबन्धनअन्तर्गत माओवादी केन्द्रका जगत सिंखडा र लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका डम्बर तामाङ प्रतिस्पर्धामा छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments