लुगलुग काम्दै मतदान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

लुगलुग काम्दै मतदान


११ मंसिर २०७४, सोमबार


मुस्ताङ । शून्य डिग्री तापक्रम । मधुरो घामको न्यानो पनि बादलले छेकिदिनाले रातको जस्तै ठिही थियो । तैपनि उपल्लो मुस्ताङवासी चिसोको पर्वाह नगरी आइतबार बिहानै मतदानस्थलमा भोट दिन ओइरिए । बाक्ला कपडा लाएर उनीहरूले हिउँ छल्दै मतदान गरेँ ।

धेरैले चिसोका कारण स्थानीय चुनावमा भन्दा कम भोट खस्ने आशंका गरेका थिए । तर, मतदाताले चिसो खपेरै भोट दिए । हिउँ परेका विकट गाउँका कतिपय मतदान केन्द्रमा ९० प्रतिशतसम्म भोट खसेको छ ।

अघिल्ला वर्षमा मतदाता जाडो छल्न असोज–कात्तिकमै अन्य जिल्ला जाने गर्थे । यसपालि अन्य ठाउँमा गएका मतदाता पनि भोट हाल्न आए । कतिपय स्थानीय चिसो खेपेरै बसे । जाडो खप्न नसकेकाहरू डोल्पा गएर बसेका थिए । ‘अनुमान गरेभन्दा धेरै भोट खस्यो’, मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले भने, ‘जनताको यो उत्साह निकै प्रशंसनिय छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस