२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईश्वर गुहार्दै उम्मेदवार

अ+ अ-

इलाम । इलामका उम्मेदवारलाई मतदातामात्रै दाहिना भएर पुग्दैन, ईश्वरले पनि हेर्नुपर्ने हुन्छ । टिकट पाउन होस् या चुनाव जित्न, उनीहरू शीर्ष नेताको दैलो चहार्नुअघि लारुम्बाको शक्तिपीठ अघिल्तिर लाम लागिहाल्छन् । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको आध्यात्मिक आँगनमा उनीहरूको भाग्य फैसला हुन्छ। कांग्रेसका प्रदेशसभा उम्मेदवार खगेन्द्र देवान भन्छन्, ‘टिकट लिन जानुभन्दा अगाडि गुरुसँग आशीर्वाद लिन गएको थिएँ । उहाँले मेरो तिमीलाई आशीर्वाद छ, तिमीले जित्छौ भन्नुभएको छ ।’

देवानको गुरुबखान त्यतिमा रोकिएन। उनले हौसिँदै थपे, ‘मेरो बारेमा माथि पनि केही कुराकानी भएको हुन सक्छ ।’ उनले त्यो ‘माथि’ कहाँ हो भन्नेचाहिँ खुलाएनन् । धर्मगुरु आत्मानन्द बसेको स्थल लारुम्बामा शनिबार ‘आत्मानन्द गोल्डकप फुटबल’ को दसौं संस्करणमा उनैलाई प्रमुख अतिथि बनाइयो ।

आध्यात्मिक शक्तिकेन्द्र रिझाउन दुर्गम लारुम्बाको अक्करिलो बाटो धाउने देवान पहिलो र अन्तिम नेता भने होइनन् । उनीभन्दा चतुर निक्ले वाम गठबन्धनका प्रदेश उम्मेदवार धीरेन शर्मा रमण, जसले लारुम्बास्थित मांगेना सेवा विकास समिति अध्यक्ष केहेरसिंह योङहाङलाई नै समानुपातिकतर्फको टिकट थमाए । उपराष्ट्रपति नन्दकिशोर पुनलाई गुरुको ६४ औं जन्मोत्सवमा प्रमुख अतिथि बनाउन सिधै बहादुरभवनमा फोन लगाए। आफूले नपुगेर क्षेत्र २ का प्रतिनिधिसभा वाम उम्मेदवार पूर्वसभामुख सुवास नेम्बाङको ‘पावर’ चलाए ।

सशस्त्र युद्धकालमा लारुम्बासँग तिक्त सम्बन्ध बेहोरेका यी माओवादी नेता आइतबार लारुम्बानजिकै चुलाचुली गाउँपालिकामा किरातधर्मीहरूले लगाउने सेतो चन्दनमा ठाँटिएका थिए । शर्माले भने, ‘म भेट्न जाँदा गुरुले भन्नुभयो– कहिलेकाहीँ पाप पहिले हुन्छ, त्यसपछि धर्म। यसपालि तपाईंहरूको राम्रो हुने देखेको छु।’

उनले किरात धर्ममा प्रयोग हुने सेतो र रातो झन्डामध्ये रातोले क्रान्ति र परिवर्तनको संकेत गर्ने भाष्यसमेत अथ्र्याउन भ्याए । नेम्बाङसहित उनी ईश्वर पुकार्न यसअघि नै लारुम्बा पुगिसकेका छन्। नेम्बाङसँग यसअघि एकपल्ट हारिसकेका कांग्रेस प्रत्यासी केशव थापाको सपना जपना यसपालि लारुम्बातिरै छ।

लारुम्बा शक्तिपीठ त छँदै थियो। पहिले धार्मिक शक्तिपीठ, अहिले कुनै न कुनै रूपले राजनीतिक शक्ति केन्द्र पनि । नत्र पूर्वराजा ज्ञानेन्द्रदेखि गणतन्त्रका प्रथम राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, एमाले अध्यक्ष केपी ओली इत्यादिको पाइला किन पथ्र्यो। एमाले अध्यक्षमा चुनिनेबित्तिकै ओली गुरु भेट्न लारुम्बा उक्लिहाले। यीमध्ये अधिकांश दर्शनभेटका सूत्रधार भने एमाले नेता नेम्बाङ हुन्, जसले किरात गुरु फाल्गुनन्दलाई सोह्रौं राष्ट्रिय विभूति घोषणा गराउन तत्कालीन माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्लाई दबाब नै दिएका थिए ।

तिनै नेम्बाङले आइतबार चुलाचुलीस्थित कमलमा फाल्गुनन्दका ‘सच्चा अनुयायीु दाबी गर्ने अर्का किरात धर्मगुरु देवबहादुर तुम्बापो ‘लाफयङ’ को ७५ औं जन्मोत्सव तथा किराँत बहुभाषी पाठशाला उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै हेलिकोप्टरबाट ओराल्न सफल भए ।

चुनावको मुखमा राष्ट्रप्रमुख आगमनको घुमाउरो किसिमले जस लिँदै नेम्बाङले भने, ‘फाल्गुनन्द कुनै जातिमा जन्मनुभयो, तर अहिले जातिविशेषको होइन। उहाँको जन्मजयन्तीमा हरेक वर्ष सरकारले सार्वजनिक बिदा दिनुपर्छ ।’ पश्चिम इलामको ग्रामीण भेगमा अति सामान्य जीवनशैली बाँच्ने आत्मानन्दको शैली भने चिनियाँ कूटनीतिज्ञहरूको जस्तो हुन्छ– हत्तपत्त नबोल्ने, बोलिहाले पनि संकेतमा जवाफ दिने। गुरुसँग बोलेर होइन, कामै गरेर खुसी पार्नेमा वामपन्थीहरू अझै अगाडि छन्। भर्खरैको स्थानीय चुनावमा माओवादी केन्द्रले आत्मानन्द गुरुका साइँला छोरा शुभनन्दलाई पार्टीको तर्फबाट गाउँपालिका प्रमुखको टिकट नै थमाउन खोजेको थियो। त्यसबेला उनले ‘छोरालाई डाक्टरले आराम गर्नु भनेको छ’ भन्दै अनिच्छा दर्शाए।

माओवादीको ब्यानर नरुचाउनुको एउटै कारण थियो– युद्धकालको तिक्त सम्झना, जतिबेला किरात धार्मिक अर्धसैन्य बल काम्राङ र त्यसको भगिनी संगठन नालिफुङ्वाले माओवादीका प्रभावशाली नेताहरूलाई छानिछानी समाएर सेनापुलिसलाई बुझाएको थियो। अनि माओवादी नेता गोपाल किरातीले त बम हानेर लारुम्बा १० सेकेन्डमा सिध्याउने धम्की दिएका थिए। युद्ध सकिएको १० वर्ष बितिसक्दा पनि विभिन्न जिल्लाबाट विस्थापित भएर लारुम्बामा बस्दै आएको एउटा तप्का माओवादीप्रति अझै अनुदार रह्यो। तर झन्डै दुई हजार मतदाता बस्ने यो क्षेत्रमा धार्मिक आस्थावान्हरूभित्र पनि यसबीच पर्याप्त राजनीति भयो।

संघीय समाजवादी फोरमलाई सघाउँदै आएका अगुवा डकेन्द्र थेगिमलगायत वाम उम्मेदवार शर्माको पक्षमा खुलेर बोल्दै हिँडेका छन् । विरोधी कित्तामा रहँदै आएका धर्मप्रचारकलाई नै चुनावको अगुवा प्रचारक बनाएर भोट भाग्ने माओवादी रणनीति यसबीचमा पूरै सफल भइसकेको छ । लारुम्बाका एक स्थानीयले भने, ‘सबै बताउन अप्ठेरो छ, तर पहिलेजस्तो भोट एकै ठाउँ झर्ने सम्भावना अब कम भएर गयो । गुरुले भनेको सुन्ने, तर निर्णय आफ्नो गर्ने मान्छेहरू पनि छन् । खासगरी युवाहरू ।’

तर मांगेना सेवा समितिका योङहाङ भने धर्मगुरुको राजनीतिक कनेक्सन् कहिल्यै नभएको दाबी गर्छन् । गुरुसँग आशीर्वाद माग्न जोकोही आउन सक्ने भए पनि गुरुले राजनीतिक झुकाव कहिल्यै नदेखाउने उनको जिकिर छ। ‘यो ईश्वरको पवित्र भूमि हो, आशीर्वाद लिन पाउने अधिकार हरेकको छ,’ उनी भन्छन्, ‘कसैले आफ्नो सफलताको लागि गुरुसँग आशीर्वचन माग्न आउनुलाई अन्यथा बुझ्नु हुँदैन ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments