शान्तिपूर्ण रूपमा मतदान सम्पन्न « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शान्तिपूर्ण रूपमा मतदान सम्पन्न


१० मंसिर २०७४, आइतबार


काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भएका ३२ जिल्लामा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएको हो । यो निर्वाचन नेपालको संविधान, २०७२ जारी भएपछि पहिलो र ऐतिहासिक निर्वाचन हो ।

केही समय पहिले भएको स्थानीय तहको निर्वाचनको तुलनामा आजको सम्पन्न भएको निर्वाचनमा मतदातालाई आतंकित पार्ने घटनाहरु निर्वाचन पूर्व र निर्वाचनको दीनमा छिटपुट रहेको पाइएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा जनताको उत्साहप्रद सहभागिता पाइएको आयोगले जनाएको छ ।

विभिन्न स्थानमा भएका झडपलाई सुरक्षा निकायको उपस्थीतिमा सहजै व्ययवस्थापन गरेको बताइएको छ ।

सोलुखुम्बुको तिङलाका बासिन्दाले स्थानीय तहको निर्वाचनमा जसरी बहिष्कार गरेका थिए त्यसरी नै यस निर्वाचनलाई पनि बहिष्कार गरेको जानकारी प्राप्त भएको छ । यस्तै, पश्चिम रुकुमको बाफीकोटस्थित रत्न मावि मतदान केन्द्रमा मतपत्र जलाइएपछि त्यहाँ प्रतिनिधिसभातर्फ मंसिर २१ गते पुनः मतदान हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस