मतदान स्थलमा सञ्चार सम्पर्कसमेत छैन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मतदान स्थलमा सञ्चार सम्पर्कसमेत छैन


१० मंसिर २०७४, आइतबार


नेपालगन्ज । पहिलो चरणमा निर्वाचन हुन लागेको ५ र ६ नम्वर प्रदेशका केही मतदान स्थल टेलिफोन सम्पर्कसमेत हुन नसक्ने स्थानमा राखिएका छन् । अत्यन्त दुर्गम र सुरक्षाका दृष्टिकोणले समेत उच्च जोखिम रहेका यी स्थानमा हवाई निगरानी बढाउन स्थानीय प्रशासनले माग गरेका छन् ।

माथिल्लो डोल्पामा पर्ने तीनवटा गाउँपालिकाका कुनै पनि मतदान स्थल सञ्चार सम्पर्कमा छैनन् । ती ठाउँको अवस्था बुझ्न सुरक्षा निकायको सञ्चारसेटमा भर पर्नुपर्ने अवस्था छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस