ढुक्क भएर मत खसाल्न गृहको आह्वान « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ढुक्क भएर मत खसाल्न गृहको आह्वान


१० मंसिर २०७४, आइतबार


काठमाडौं । गृह मन्त्रालयले मतदानको दिन मतदान केन्द्र र बस्तीहरूलाई कभर गर्ने गरी सुरक्षा प्रबन्ध गरिएको जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको मतदान हुनु एक दिनअघि शनिबार पत्रकार सम्मेलन गरी गृह मन्त्रालयले आवश्यकताअनुसार सुरक्षा प्रबन्ध मिलाएको अनाएको छ । गृहले मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ ।

गृहसचिव मोहनकृष्ण सापकोटाले दसदेखि तीस मिनेटभित्र घटनास्थलमा परिचालन हुन सक्नेगरी सुरक्षा प्रबन्ध गरिएो बताए । ‘तीन तहको सुरक्षा व्यवस्था छ, मतदान केन्द्र र बस्तीहरूमा सुरक्षा निकाय नदोहोरिने गरी परिचालन हुने व्यवस्था गरिएको छ’, सचिव सापकोटाले भने, ‘क्षेत्र नियन्त्रण, रिजर्भ फोर्सं, दसदेखि तीस मिनेटभित्र परिचालित हुनसक्ने गरी क्विक रेस्पोन्स टिम, जमिन तथा हवाई दुवैबाट मतदान केन्द्रको सुरक्षा व्यवस्था मिलाइएको छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस