कांग्रेसको विजयलाई कसैले रोक्न सक्दैन् : प्रधानमन्त्री देउवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कांग्रेसको विजयलाई कसैले रोक्न सक्दैन् : प्रधानमन्त्री देउवा


९ मंसिर २०७४, शनिबार


नवलपरासी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

नवलपरासीको सुनवलमा पार्टीद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताए ।

उनले यस पटकको निर्वाचन लोकतन्त्रलाई बचाउने र लोकतन्त्रलाई सिध्याउने दुई फरक धारको निर्वाचन भएकाले लोकतन्त्रलाई जोगाउन कांग्रेसलाई मतदान गर्न आग्रह गरे ।

वामपन्थी जनतामाथि शासन गर्न खोज्ने पार्टी भएको विचार राख्दै सभापति देउवाले काँग्रेस जनतालाई मालिक बनाउने पार्टी हो भने ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले राज्यको विकासलाई रोक्न खोजेको आरोप लगाए ।

नेता पौडेलले भने, ‘यस देशमा शान्ति र विकास नेपाली कांग्रेसले मात्र ल्याउनसक्छ । २००७ सालदेखि लोकतन्त्रका लागि लड्दै आएको कांग्रेसले गणतान्त्रिक संविधान ल्याएर सबै नेपाली जनताको हकअधिकार सुनिशिचत ग¥यो तर अहिलेको समयमा वामगबठन्धनले यस देशमा खैलाबैला मच्चाउने र लोकतन्त्रलाई समाप्त पार्ने खेल गरिरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस