२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुकुम्बासी भन्छन्, बस्तीमा डोजर नचलाऊ

अ+ अ-

काठमाडौं । हिमाली तथा उच्च पहाडी जिल्लामा चुनावको मौन अवधि चलिरहँदा त्रिपुरेश्वरस्थित वंशीघाट सुकुम्बासी बस्तीमा भने चुनावी चहलपहल बाक्लिँदो छ । यतिबेला बस्तीका प्रत्येकजसो मतदाताको मोबाइलमा उम्मेदवारका एसएमएस र फोन आइरहेका छन् । प्रत्याशीका फोन उठाउन स्थानीयलाई भ्याइनभ्याइ छ । बस्तीकी ललिता तामाङ भन्छिन्, ‘हाम्रो नम्बर उनीहरूले कसरी पाए, थाहा छैन । तर, एसएमएस र फोन निरन्तर आइरहेको छ ।’

बस्तीमा २ सय घर धुरी छन् । करिब ११ सय मतदाता रहेको तामाङ बताउँछिन् । अरू बेला कहिल्यै नआउने नेता चुनावको पूर्वसन्ध्यामा हात जोड्दै, माइकमा गीत बजाउँदै बस्तीमा घुमिरहेका छन् । यति मात्रै होइन, फोन र एसएमएस पठाइरहेका छन् ।

यो क्षेत्रबाट प्रतिनिधिसभाका लागि कांग्रेस नेता प्रकाशमान सिंह, वाम गठबन्धनबाट अनिल शर्मा, विवेकशील साझा पार्टीबाट रवीन्द्र मि श्रलगायत २२ जना चुनावी मैदानमा छन् । तीमध्ये सिंह, मि श्र र शर्माबीच रोचक प्रतिस्पर्धा हुने अनुमान छ ।

बस्तीमा ११ सय मतदाता छन् । जसलाई भोट बैंककै रूपमा विगतदेखि नै लिने गरेको स्थानीयको गुनासो छ। बस्तीको मतलाई एकलौटी पार्न सके मात्रै पनि जितका लागि निर्णायक हुन सक्ने बताइन्छ ।

उनीहरूको कुनै पनि उम्मेदवारसँग सीधा सम्पर्क छैन । आफूले चिन्ने तर कहिल्यै नचिन्ने नेताहरूले आफ्नो नामै बोलाएर फोन गर्दा उनीहरू चकित छन् । ‘ सचिवालयबाटै फोन आउँछ। सीधै के चाहियो भन्छन्’, ललिता सुनाउँछिन् ।

उम्मदेवारको विगतदेखिकै एउटै एजेन्डा छ। सफा र हरियाली महानगर, प्रदुषणरहित सडक र नदी । तर, बस्तीका मतदाताको भने फरक माग छ । उनीहरू बस्तीको स्थायित्व चाहन्छन् । सुकुम्बासी बस्तीमा कहिल्यै डोजर नचलाउने भरपर्दो प्रतिबद्धता चाहान्छन् उनीहरू ।

बागमती किनारमा अस्थायी टहरा बनाएर दशकौंदेखि बस्दै आएका उनीहरू नदी किनारमा इनार खनेर प्रदूषित पानी पिउन बाध्य छन् । चुनावी प्रचारमा आउने प्रत्येक उम्मेदवारलाई उनीहरू समस्या सुनाउँछन्। सम्बोधन गर्ने आश्वासन दिन्छन् । तर, जितपछि फर्केर जाँदैनन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments