समुदायलाई लडाउने शक्तिको दुष्चक्रमा नेपाली फस्दैनन्ः ओली « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

समुदायलाई लडाउने शक्तिको दुष्चक्रमा नेपाली फस्दैनन्ः ओली


८ मंसिर २०७४, शुक्रबार


धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको सरकारले मात्र मुलुकमा स्थिरता र विकास दिने जिकिर गरेका छन् ।
यहाँ आज आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अस्थिरता टुंग्याई देशको विकास गर्न एमाले र नेकपा माओवादी केन्द्र बीचको एकीकरण गर्न लागिएको स्पष्ट गरे ।

विभिन्न जातजाति लडाएर आफ्नो स्वार्थ सिद्ध गर्ने शक्ति क्रियाशील रहेको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘जातीय क्षेत्रीय रुपमा विभिन्न समुदायलाई लडाउने शक्तिको दुष्चक्रमा अब नेपाली जनता फस्नेवाला छैनन् ।’

नेता ओलीले चुनावका बेला सुरक्षाकर्मी र कर्मचारीले निष्पक्षताको व्यवहार देखाउनुपर्नेमा जोड दिए ।

सभामा कैलाली निर्वाचन क्षेत्र नं ५ मा वाम गठबन्धनका उम्मेदवार नारदमुनि राना, एमाले उपाध्यक्ष भीमबहादुर रावल, माओवादी केन्द्रका नेता रामबहादुर थापा, लेखराज भट्टलगायतले पनि बोलेका थिए । नेता ओलीले कैलाली निर्वाचन क्षेत्र नं २ को लम्कीमा आयोजित चुनावीसभालाई समेत सम्बोधन गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस