२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

११,०२२ उम्मेदवार मैदानमा

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रत्यक्षतर्फ ५ हजार १ सय ८४ उम्मेदवार मैदानमा छन् । मंसिर १० र २१ मा दुई चरणमा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ४ सय ९५ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

पहिलो चरणमा ३२ जिल्लामा हुने प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी १ सय ११ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यसै प्रणालीअन्तर्गत दोस्रो चरणको निर्वाचनबाट दुवै तहमा गरी ३ सय ८४ जनप्रतिनिधि चुनिनेछन् ।

प्रत्यक्ष निर्वाचनअन्गर्त प्रतिनिधिसभाका लागि सात प्रदेशबाट गरी १ हजार ९ सय ४५ र प्रदेशसभाका लागि सात प्रदेशबाट ३ हजार २ सय ३९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेश नम्बर १ मा ३१ दलले प्रत्यक्ष चुनावमा भाग लिएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि २ सय ८७ र प्रदेशसभा सदस्यका लागि ४ सय ७० उम्मेदवार मैदानमा छन् ।

प्रदेश नम्बर २ मा ३७ दलले प्रत्यक्ष चुनावमा उम्मेदवार उठाएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि ५ सय ४२ सय र प्रदेशसभा सदस्यका लागि ९ सय ८५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रदेश नम्बर ३ मा ४२ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । त्यहाँबाट प्रतिनिधिसभा सदस्यका लागि ४ सय ५२ र प्रदेशसभा सदस्यका लागि ६ सय ३३ उम्मेदवार छन् ।

प्रदेश नम्बर ४ मा २६ दलले प्रत्यक्ष निर्वाचनमा भाग लिएका छन् । जहाँबाट प्रतिनिधिसभा सदस्यका लागि १ सय ५५ र प्रदेशसभा सदस्यका लागि २ सय ३७ उम्मेदवार मैदानमा छन् ।

प्रदेश नम्बर ५ मा ३१ दलले प्रत्यक्ष चुनावमा भाग लिएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि ३ सय २५ र प्रदेशसभा सदस्यका लागि ६ सय २ उम्मेदवार छन् ।

प्रत्यक्ष निर्वाचनमा १८ दलले भाग लिएको प्रदेश नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यका लागि ८१ र प्रदेशसभा सदस्यका लागि १ सय ३३ उम्मेदवार मैदानमा छन् ।

प्रदेश नम्बर ७ मा २० दलले प्रत्यक्ष चुनावमा भाग लिएका छन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि १ सय ६ र प्रदेशसभा सदस्यका लागि १ सय ७९ उम्मेदवार छन् ।

मंसिर १० मा पहिलो चरणअन्तर्गत ३२ जिल्लामा चुनाव हुँदैछ । ती जिल्लामा ३२ लाख २८ हजार ८७९ मतदाता छन् । बाँकी जिल्लामा दोस्रो चरणमा मंसिर २१ मा मतदान हुनेछ । दोस्रो चरणको निर्वाचनबाट प्रतिनिधिसभातर्फ १ सय २८ सदस्य र प्रदेशसभातर्फ २ सय ५६ सदस्य चुनिनेछन् ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट १ सय ६५ र समानुपातिकबाट १ सय १० सांसद चुनिने छन् । सातवटै प्रदेशसभातर्फ प्रत्यक्षबाट ३ सय ३० जना र समानुपातिकबाट २ सय २० सांसद निर्वाचित हुनेछन् । दुई चरणको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा र प्रदेशसभामा गरी ८ सय २५ जना प्रतिनिधि निर्वाचित हुनेछन् । नेपालमा अहिले कुल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७ सय ३१ छ । आजको नागरिक दैनिकमा खबर छ ।

0 Comments