२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धर्मगुरु पक्राउ : फेसबुकमा किस खाएको फोटो राखेपछि बाहिरियो कर्तुत

अ+ अ-

काठमाडौं । उपचारको नाममा महिलालाई यौनशोषण गरी फोटो र भिडियो खिचेर ब्ल्याकमेलिड गर्ने कथित धर्मगुरु पक्राउ परेका छन् । चाल्नाखेलस्थित गुम्बाका धर्मगुरु रेम्पोछे छुल्ठिम दोर्जे योन्जन भनिने टुल्कु लामालाई सिआइबीले पक्राउ गरेको हो । उनले गुम्बाभित्रै महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामालाई जबर्जस्ती करणी र विद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाइएको सिआइबीका डिआइजी पुष्कर कार्कीले बताए । लामाले उपचारका लागि आउने युवतीलाई सुसारे बनाएर यौनशोषण गर्दै आएको प्रहरीले जनाएको छ ।

उनले महिलाहरुलाई लठ्याएर यौनशोषण गर्ने र त्यसबारे कसैलाई बताए अनिष्ट हुने भन्दै थप यौनशोषण गर्दै आएका थिए । सिआईबीमा दुई महिलाले उजुरी गरेका छन् । धेरै महिलाहरुलाई उनले यौनशोषण गरेका प्रहरीको आशंका छ ।

डिआईजी कार्कीका अनुसार लामाले आफु अवतारी लामा भएको भ्रममा राखेर उपचारको नाममा यौनशोषण गर्दै आएका हुन् । उपचारका लागि नग्न बनाउने र लठ्याएर यौनशोषण गर्दै आएका थिए ।

गुम्बामा महिलालाई नै उनले आफ्नो सुसारे बनाउदै आएका थिए । नयाँ महिला उपचारका लागि जाने बित्तिकै पुरानो महिलालाई हटाउने गर्दथे ।

उनलाई भगवानजस्तै मानेर एक महिला गुम्बामा बसेकी थिइन् । तर, लामाको व्यवहार चित्त नबुझेपछि उनले बिद्रोह गरिन् । त्यसपछि लामाले ती महिलालाई किस खाएको फोटो फेसबुकमा राखिदिएका थिए । सोही घटनापछि लामाको कर्तुत बाहिरिएको हो । प्रहरीले गुम्बाका ६ महिलालाई उद्धार समेत गरेको छ । ती महिलाहरुले लामामा केही शक्ति रहेको बताएका छन् । केही महिलाहरुको त उनै धर्मगुरुका कारण श्रीमानसँग सम्बन्ध बिच्छेद समेत गरेका थिए । सम्बन्ध बिच्छेदपछि पाएको सम्पती समेत उनैलाई ल्याएर बुझाएको समेत अनुसन्धानमा खुलेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments