२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिम्पान्जी तस्करीमा संलग्न दुई कर्मचारी पक्राउ

अ+ अ-

काठमाडौं । चिम्पान्जी तस्करीमा सहयोग गरेको आरोपमा दुई कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थल भन्सार कार्यालय र विमानस्थलस्थित क्वारेन्टाइन कार्यालयका नासुलाई प्रहरीले पक्राउ गरेको हो ।

भन्सार कार्यालयका नासु चुणामणि दाहाल र क्वारेन्टाइन कार्यालयका भेटनरी चिकित्सक धीरेन्द्र साहलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले जनाएको छ । उनीहरूविरुद्ध संगठित अपराध मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । दाहाल शुक्रबार तथा साह बुधबार पक्राउ परेका हुन् । विमानस्थलबाट पटक-पटक भएको वन्यजन्तु तस्करीमा उनीहरूले सहयोग गरेको खुलेपछि पक्राउ गरिएको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्कीले बताए ।

तस्करीमा सहयोग गरेको आरोपमा विमानस्थल भन्सार कार्यालयले एक महिनाअघि नै नासु दाहालसहित भन्सार अधिकृत आशुतोष राई र अर्का नासु लीला पनेरूलाई निलम्बन गरिसकेको थियो । सिआइबीले विमानस्थलबाटै पास भएका दुईवटा चिम्पान्जी, आठवटा बाँदर र एक सय १२ वटा चरासहित तस्करीमा संलग्न ६ जनालाई ३१ असोजमा पक्राउ गरेको थियो ।

तस्करीमा संलग्न सञ्जीव भारती, राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फयन र सरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खानलाई सिआइबीले पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरूले भन्सार र क्वारेन्टाइनका कर्मचारीलाई घुस खुवाएर चिम्पान्जी तस्करी गर्दै आएको खुलेको हो । नासु दाहाललाई भन्सार एजेन्ट राजकुमार तिवारीले ५० हजार रुपैयाँ दिएर चिम्पान्जी पास गराएका थिए । क्वारेन्टाइनका कर्मचारी साहले भने कति पैसा लिएका थिए खुलेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments