२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मतदाताको जिज्ञासा : नियमित जहाज कहिलेबाट ?

अ+ अ-

कालिकोट । ३१ वर्ष लगाएर निर्माण भएको कोटवाडास्थित सुनथराली विमानस्थल सञ्चालनमा आएको छैन । एक वर्षअघि परीक्षण उडान गरियो तर विमानस्थल सञ्चालनमा आएन । पञ्चायतयता चार दशकदेखि यही विमानस्थल चुनावी एजेन्डा बनेको छ। विमानस्थल सञ्चालन नहुँदा अहिले मतदाता सार्वजनिक रूपमै आक्रोश पोख्न थालिरहेका छन् ।

बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीलाई मतदाता रिझाउन कम्ती हम्मेहम्मे परेको छैन । किनभने जिल्लाका मतदाताले अहिलेसम्म कुनै पनि उम्मेदवारलाई दोहोर्‍याएर जिताएका छैनन् । स्थानीय तहको मतपरिणाम हेर्दा वाम गठबन्धन बलियो छ। शाही ०७० को संविधानसभामा निर्वाचित भएर मन्त्री पनि बने ।

जिल्लाबाट वाम गठबन्धनबाट प्रदेशसभा (ख) का उम्मेदवार बनेको माओवादी केन्द्रका नेता शाहीलाई दुई वामको मतबाट जित्न सहज हुनुपर्ने हो तर जित दोहोर्‍याउन सुनथराली विमानस्थलमा चिलगाडी (जहाज) ल्याउनुपर्ने दबाब छ।

अस्थिर मतदाताले विमानस्थललाई प्रतिष्ठाको विषय बनाएपछि अहिले शाही मात्र होइन, सबै दलका उम्मेदवारको प्राथमिकतामा विमानस्थल सञ्चालन परेको छ । सबै उम्मेदवार जहाज उडाउने आश्वासन बाँड्दै हिँडेका छन् । प्रदेशसभाका कांग्रेस उम्मेदवार कालिबहादुर सहकारीको मुख्य चुनावी एजेन्डामा पनि विमानस्थल नै छ ।

भौगोलिक रूपमा विकट र यातायातको पहुँच नभएका कारण यो क्षेत्रका बासिन्दा पैदल हिँड्न बाध्य छन् । वर्षौंदेखि आँगनबाटै जहाज चढ्ने सपना बुनेका स्थानीयको आकांक्षा बुझेका उम्मेदवार र दलले जहाज उडाउने वाचा गरेका छन् ।

‘अब भारी बोकेर पैदल हिँड्नुपर्ने छैन, हाम्रो आँगनबाटै जहाज उड्नेछु, शाही मतदातामाझ भनिरहेका छन,’ अघिल्लो पटक जितेर संविधान दिएको छु। यसपटक जिताएर पठाउनुहोस् । वर्षौंदेखि जहाज चढ्ने जिल्लावासीको सपना पूरा गर्नेछु । अब सुनथराली विमानस्थलमा नियमित जहाज उड्नेछ ।’

विमानस्थल सञ्चालनको एजेन्डा वाम गठबन्धनको मुख्य प्राथमिकता रहेको एमाले कालिकोटका अध्यक्ष नगिन्द्र शाही बताउँछन् । उनी भन्छन्, ‘मतदाताको मुख्य माग पूरा गर्ने वाचा उम्मेदवारको मात्र होइन, वाम गठबन्धनकै एजेन्डा हो ।’

प्रदेशसभा (क) का एमालेका कुर्मराज शाही र कांग्रेसका टेकराज शाहीको वाचा पनि विमानस्थल नै छ। जिल्लाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका भूपेन्द्रजंग शाही र माओवादी केन्द्रका दुर्गबहादुर रावत पनि विमानस्थललाई नै आफ्नो प्राथमिकता भएको छुटाउँदैनन् ।

मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र कांग्रेसका सबै उम्मेदवार मतदातालाई आकर्षित गर्न व्यस्त छन् । उनीहरू जिल्लावासीको अधुरै रहेको चिलगाडी चढ्ने रहर पूरा गर्ने होडबाजी छ । सार्वजनिक सभा, भेला, घरदैलो र घोषणापत्रमै दलहरूले आफूलाई जिताए जिल्लामा जहाज ल्याइदिने मुख्य आश्वासन दिएका छन् ।

‘पहिला पनि चिलगाडी ल्याउँछौं भन्थे, आजसम्म चढ्न पाएनौं’ स्थानीय हस्ता बिष्टले भनिन्, ‘धेरै नेताले जितेर गए, आजसम्म गाउँमा चिलगाडी नै आएन । पोहोर एकदिन मात्र आएको थियो, त्यसपछि हामीले देख्नै पाएनौं ।’

चुनावमा जित्न नेताहरूले भाषण मात्र गर्ने गरेको भन्दै उनले यसपालि विमानस्थल सञ्चालन गर्ने उम्मेदवारलाई नै भोट दिने बताइन् ।

मान्मका व्यवसायी प्रेमबहादुर शाही भने विमानस्थल सञ्चालन हुनेमा आशावादी छन् । उनी भन्छन्, ‘सधैं अविश्वास गरेर पनि भएन, यसपालि जहाज उडाउने मुद्दा सबैको साझा बनेको छ। सायद अब नेताहरूले विमानस्थल सञ्चालन गर्लान्, उम्मेदवारले पनि भोट माग्दा यही वाचा गरेका छन् ।’

चार दशकदेखि निरन्तर चुनावी नारा बनेको कोटवाडा विमानस्थल सञ्चालनको एजेन्डालाई अब पूरा गर्नुपर्नेमा उनी जोड दिन्छन् । २६ करोड खर्चेर निर्माण भएको यो विमानस्थलमा हालसम्म पनि नियमित उडान नहुँदा स्थानीय पैदल हिँड्न बाध्य छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments